काठमाडौं, ३ पुस । तपाईलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए । अहिले यी व्यक्तिले अदालतमा श्रीमतीको खुब तारिफ गरिरहेका छन् र आफ्नो गल्तीको लागि परिवारसँग रूदैँ रूदैँ माफी मागिरहेका छन् ।
यदि अदालतले डोमिनिक पेलिकोटलाई सजाय दियो भने उनलाई २० वर्षको आजीवन कारावासको सजाय हुनेछ ।
डोमिनिक पेलिकोटले आफ्नी पूर्व पत्नी गिसेललाई १० वर्षसम्म लागूऔषध खुवाएर दर्जनौं पुरुषले उनलाई बलात्कार गराएका थिए । यो कुरा अहिले अदालतमा उनले स्विकार पनि गरेका छन् र माफी पनि मागेका छन ।
सोमबार डोमिनिकले आफ्नो परिवारलाई उहाँलाई माफ गर्न आग्रह गरेका थिए र परीक्षणको क्रममा आफ्नी पूर्व पत्नीको साहसको पनि प्रशंसा गरेर नाटक पनि गर्न भ्याएका छन् ।
तर, उनकी श्रीमती गिजेल एक यस्तो साहसी महिला हुन्, जसले यति धेरै यातना दिँदा पनि आफूलाई लुकाउन सकिनन्, बरु अगाडि आएर आफ्नो पतिको
सारा कर्तुतको पर्दाफास गरि दिइन् र आफ्नो अनुहार पनि सारा संसारमा उजागर गरिन् । उनी विश्वभर एक उत्कृष्ट उदाहरणका रूपमा परिचित भएको भन्दै अहिले फ्रान्सेलीहरू तारिफ गरिरहेका छन । गिसेल अहिले ७२ वर्षकी भइन् ।
पेलिकोटले उनलाई निद्राको चक्की दिएर बेहोस बनाउँथे । त्यसपछि उसले धेरै पुरुषलाई बलात्कार गर्न लाइनमा उभ्याउथे। नशाका कारण अचेत भएकी गिजेल पहिलो पटक अदालतमा हाजिर हुँदा धेरै कुरा याद गर्न सकेकी थिइनन् ।
उनले भनेका थिइन, ‘श्रीमानले घटना घटनु भन्दा पहिला मलाइ पुतलीजस्तै व्यवहार गर्दथे तर जब म नशामा लठ्ठ हुन्थे तर अरू नै मसँग आइसकेको हुन्थ्यो, यो कुरा धेरै पछि मलाइ थाहा भयो ।’
अहिले फ्रान्सेली प्रहरीले श्रीमानको कम्प्युटरबाट हजारौं फोटो, भिडियो र प्रमाण पनि फेला पारेको छ, जहाँ उनी माथी भएको दुर्ब्याबहारका बारेमा धेरै प्रमाणहरू भेटिएका छन । धेरै फ्रान्सेलीले उनलाइ माफी होइन, आजिवन काराबासमा लैजानु पर्ने भन्दै जोड गरिरहेका छन् ।