आत्महत्या दुरुत्साहन मुद्धामा प्रतिवादी बनेपछि फरार रहेका बब्बु अर्घाखाँची प्रहरीको फन्दामा

 

-गोपाल प्रसाद भट्टराई ,पौष–०३,अर्घाखाँची ।

अर्घाखाँची – आत्महत्या दुरुत्साहन मुद्धाका फरार एक प्रतिवादी अर्घाखाँची प्रहरीको फन्दामा परेका छन् ।

पाणीनी–७ निवासी शुसिला थापा कब्दारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सोहि स्थानकै बब्बु भनिने ४५ बर्षिया ज्ञान बहादुर रिजाल पक्राउ परेका हुन् । गत बैशाख १७ गते पाणीनी–७ निवासी लुम बहादुर थापा कब्दारको श्रीमती शुसिला थापा कब्दारले आत्म हत्या गरेकि थिइन ।

आफुले देह त्याग्नुको कारण बब्बु रहेको भन्दै उनले आफुलाई बिबाह गरि काठमाडौं लगरे राख्छु भनि ३ लाख रुपैंया पैसा समेत लगेर फिर्ता नदिएको, शारिरिक तथा मानसिक यातना समेत दिएको भनि नोट जारि गरेर आत्महत्या गरेकि थिइन ।

सोहि मुद्धामा जिल्ला अदालत अर्घाखाँचीले २ महिना ९ दिनको कैद सजाय सुनाएपछि फरार रहेका बब्बुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पाणीनीबाटै पक्राउ परेका बब्बुलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँचीमा पठाइएको प्रहरीले जनाएको छ ।