-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
अर्घाखाँची – भूमिकास्थान नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन टोलीले गत मंसिरदेखि पौष ४ गते सम्म भूमिकास्थान–५, ६, ७, ८ र ९ नम्बर वडामा रहेका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।
वडा नम्बर ५ को असुरकोट, ६ को खिल्जी, ७ र ८ को नुवाकोट र ९ को ढिकुराका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा पसलमा म्याद गुज्रिएका तथा लेभलिङ्ग नगरिएका उत्पादन भेटिएको नगरस्तरिय बजार अनुगमन समितिका निरिक्षण अधिकृत शंकर अधिकारीले जानकारी दिनुभएको छ । बिहिबार भूमिकास्थान–९, ढिकुराको गैरागोठ, भूजेलपानी र गौंचौरमा रहेका सबैखाले पसलहरुको निरिक्षण गरिएको टोलीले बताएको छ ।
नगरस्तरिय बजार अनुगमन समितिका निरिक्षण अधिकृत शंकर अधिकारीको नेतृत्वमा योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसाल, लेखा अधिकृत जुना पाण्डे, कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसन, कृषि प्राविधिक सहायक युवराज आचार्य, राजश्व शाखा प्रमुख जगत प्रसाद भुसाल, पत्रकार गोपाल प्रसाद भट्टराई, वडा सचिव ज्योति पन्थी, धनचौर प्रहरीचौकी प्रमुख प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठ लगायतको टोलीले बजार अनुगमन गरेको हो ।
उक्त टोलीका अनुसार अनुगमनका क्रममा केहि पसलले मूल्य सूची नराखेको र केहि पसलले व्यवसाय दर्ता नगरेको पनि पाइएको छ ।
तौल र गुणस्तरका आधारमा मूल्य सूची नराख्नु, खरिद बिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।
पसलमा बेच्न राखिएका सामानहरू मध्ये प्याकेजिङ गरिएका जुस, सुजी,मैदा, बिस्कुट, मिठाईं, भुजिया, विभिन्न खालका मसला, कोकाकोला, स्प्राइट लगायतका खाद्य तथा पेय पदार्थहरु म्याद गुज्रेको पाइएको अनुगमन टोलीका संयोजक अधिकारीले बताउनुभएको छ ।
टोलीले म्याद गुज्रिएका ५ हजार बराबरको सामान जफत गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाई १५ देखि ३५ दिन भित्रमा नगरपालिकामा गइ पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको टोलिले बताएको छ ।
म्याद गुज्रिएका, लेभलिङ्ग नगरिएका र गुणस्तरहिन खाद्य बस्तु बिष सरह हुने भएकोले सचेतता पूर्वक खाद्यबस्तु खरिदबिक्रि गर्न भूमिकास्थान नगरपालिकाले आग्रह गरेको छ ।
थप तस्बिर :