अमलेखगञ्ज डिपोमा आउन थाल्यो पाइपबाट पेट्रोल र मट्टीतेल

 

बारा । नेपाल-भारत क्रस बोर्डर पाइपलाइनबाट बाराको अमलेखगंजमा डिजल, पेट्रोल, मट्टितेल आउन सुरु भएको छ ।

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम गत साता सम्पन्न भएपछि पेट्रोल र मट्टितेल पनि आउन थालेको हो ।

परियोजना अन्तर्गत पहिलो चरणको काम अन्तरगत २०७६ भदौ २५ गते देखि पाइप लाइनबाट डिजेलको आयात सुरु भएको थियो । नेपाल आयल निगमको अमलेखगंज डिपोमा यसै सातादेखी पाईपलाईनबाट पेट्रोल र मट्टितेल आउन थालेको हो ।

थप दुईवटा पेट्रोलका ट्याङ्क निर्माण गरिएको डिपोमा १५ हजार १ सय दश कीलोलिटर क्षमताको पेट्रोल टंयाकी, २४ हजार ८ सय ४० किलोलिटरको डिजेल र २ हजार २ सय ६० किलोलिटरको मट्टितेल टंयाकी रहेको अमलेखगंज डिपोले जनाएको छ ।

यस अघि भारतको बरौनीदेखी अमलेखगंजसम्म ट्याङ्करबाट पेट्रोल तथा मट्टितेल ल्याउदा निगमकोे ढुबानी भाडा बापत वार्षिक एक अर्ब बढि रकम खर्च हुने गरेको थियो । यही पुसको तेस्रो साता नेपाल र भारत दुबै देशका प्रतिनिधिले अमलेखगंज डिपोमा तिनै प्रकारको ईन्धन आयात उदघाटन गर्ने तयारी भईरहेको छ ।

-RSS