काठमाडौं । हङकङविरुद्धको यू–१९ एक दिवसीय क्रिकेट श्रृंखला नेपालले ‘क्लिन स्वीप’ गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज (शुक्रबार) तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा क्लिन स्वीप गरेको हो ।
नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । पहिलो खेलमा नेपाल ३ विकेट र दोस्रोमा २२६ रनले विजयी भएको थियो ।