एनपिएल: सर्बाधिक रन जोडने यी चार खेलाडी, जनकपुरका निसमले सबैलाई उछिन्न सक्छन

 

काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज हुदैँछ । किर्तिपुरस्थति त्रिभुवन विश्वबिधालय क्रिकेट मैदानमा आज जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्स भिडदैँछन ।

जनकपुर बोल्टसलाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदुरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टसबिच भब्य प्रतिस्पर्धा हुदैँछ । जुन खेल अपरान्ह १२ बजेवाट सुरु हुनेछ ।

एनपीएलका यसअघिका खेलमा सबैभन्दा बढी चितवन राइनोजका रबि बोपाराले २८६ रन बनाएका छन भने उनी भन्दा केही मात्र लुम्बिनीका रोहित पौडेलले २७९ रन जोडन सफल भएका थिए ।

उता, जनकपुर बोल्टसका जेम्स निसमले २४३ रन बनाएर तेस्रो स्थानमा छन भने पोखरा एभेन्जर्सका एन्डिज गोइजले २२४ रन बनाएर चौथों स्थानमा छन । तर, अरु तीन जना खेलबाट बाहिरिए पनि जनकपुरका निसमले आज पनि खेल्ने भएकाले जारी एनपिएलमा सर्बाधिक रन जोडने खेलाडी दरिन सक्छन ।

आज हुने भब्य फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन ।