पहिलो संस्करणको नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै दीपेन्द्रसिंह ऐरीले अमोडाको जी५इएलएक्स कार जितेका छन्।
काठमाडाैं, पुस ६ : सुदूरपश्चिम रोयल्सका कपतान दीपेन्द्रसिंह ऐरी पहिलो संस्करणको नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्। योसँगै उनले अमोडाको जी५इएलएक्स कार जितेका छन्।
सुदूरपश्चिमको फाइनल यात्राका क्रममा दीपेन्द्रले बल, ब्याट र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले प्रतियोगिताका ९ खेलमा कुल २२७ रन बनाएका थिए भने ८ विकेट लिएका थिए। यस्तै, उनले ७ रनआउट गरेका थिए भने ३ क्यान पनि लिएका थिए।
यस्तै, प्रतियोतिगाको सर्वोत्कृष्ट खेलाडी भने इंग्लिस अलराउन्डर सैफ जइब भए। उनले ५ लाख रुपैयाँ प्राप्त गरे।
उनले प्रतियोगितामा २ अर्धशतकसहित कुल २७५ रन बनाउनुका साथै, बलिङमा १२ विकेट लिए। उनले फाइनलमा १ विकेटल र ६९ रन बनाएका थिए।
२२७ रन, ८, ७ रनआउट ३ क्याच