–
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।
सुदूरपश्चिमबाट खेलेका सैफ अली जैबले सर्वाधिक ६९ रन बनाए । त्यस्तै विनोद भण्डारीले ४१ रन जोडे । त्यसैगरी कप्तान दीपेन्द्र सिंह ऐरी ९ रन बनाएर आउट भए । आज हुने फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।