जनकपुर बन्यो एनपिएलको पहिलो च्याम्पियन

 

काठमाडाैं, पुस ६ : जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो।

योसँगै जनकपुरले सुदूरपश्चिमसँग प्राप्त लिग र क्वालिफायरको हारको बदला फाइनलमा लिएको छ।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।

विशाल लक्ष्य पछ्याउँदै जनकपुरलाई च्यापिम्पयन बनाउने क्रममा लहिरु मिलन्थाले उत्कृष्ट इनिङ खेले। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाए।