-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
अर्घाखाँची – नेपाल रेडक्रस सोसाइटी धारापानी उपशाखाको नयाँ कार्यालय उद्घाटन भएको छ । सोहि शाखाको आयोजनामा शुक्रबार कार्यालय उद्घाटनसंगै सरोकारवालाको लागि अभिमुखीकरण गोष्ठी समेत सम्पन्न भएको छ ।
रेडक्रस धारापानी उपशाखाका सभापति कृष्ण बहादुर सुनारको अध्यक्षता र भूमिकास्थान–४, धारापानीका वडाध्यक्ष बाबुराम पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले अवसरवादमा आधारित अहिलको समाजमा निश्वार्थ भावले मानव सेवामा समर्पित हुन कार्यक्रम सहयोगी बनेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं वडाध्यक्ष पन्थीले रेडक्रसको सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्न रेडक्रसकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा रेडक्रस अर्घाखाँचीका मन्त्री तुल्सी पौडेल, कोषाध्यक्ष हरी बहादुर के.सी., रेडक्रस जिल्ला शाखाका कार्यालय प्रमुख ठाकुर प्रसाद अधिकारी र उपशाखाका पूर्व सभापति कृष्ण प्रसाद बन्जाडेले निश्पक्षता र तठस्थताले मात्रै रेडक्रसको गरिमा बढ्ने भएकोले यसको गरिमामा सवैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा रेडक्रसको स्थापना, सदस्यताको प्रकार, कार्य क्षेत्र, संगठनात्म परिचय, रेडक्रस अभियान, रेडक्रस अभियानका अंगहरु, रेडक्रस सोसाइटीका अन्तराष्ट्रिय महासन्धी, अन्तराष्ट्रिय मानविय कानुन, विपत व्यवस्थापन, चक्र रोकथाम लागएतका विषयमा प्रशिक्षण दिएका थिए ।
धारापानीका रेडक्रसकर्मि, विद्यार्थि र अन्य सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा उपशाखाका सचिव जगत बहादुर खड्काको स्वागत मन्तव्य र सह–सचिव विरेन्द्र पौडेलको संचालन रहेको त्यहाँबाट शिक्षक इन्द्रमणी भुसालले जानकारी दिनुभएको छ ।