भागदौड मृत्यु प्रकरणः अल्लु अर्जुनले मुख खोले, ‘मेरो चरित्र हत्या गर्न खोजियो

 

हैदराबाद, ७ पुस । पुष्पाः २ का अभिनेता  अल्लु अर्जुनले हैदरावादमा भएको भागदौडको घटनालाई लिएर प्रतिक्रिया दिँदै यसलाई अपमानजनक भनेका छन् ।

उनले सो घटनाका बारेमा पहिलो पटक मुख खोल्दै यस विषयमा धेरै गलत जानकारी फैलाइँदै आएको बताएका छन्।

अल्लु अर्जुन पुन: पक्राउ पर्न सक्ने - Joy Nepal Joy Nepal

सञ्चारमाध्यमसँग कुरा गर्दै अल्लु अर्जुनले यस विषयमा धेरै किसिमका गलत सूचना फैलाइएको बताएका हुन । ‘म कुनै व्यक्ति, विभाग वा राजनीतिक नेतालाई दोष दिन चाहन्न, तर यो अपमानजनक छ र चरित्र हत्या जस्तो देखिन्छ।’  उनले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना पनि व्यक्त गरेका छन् ।

सुपरस्टारको यो टिप्पणी मुख्यमन्त्री रेवन्त रेड्डीको बयान पछि आएको हो, जसमा उनले अल्लु अर्जुनले डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा पुलिसको अनुमति बिना आफ्नो फिल्म ुपुष्पा २ु को प्रिमियरमा भाग लिएको आरोप लगाएका थिए।

घटनाबारे स्पष्टिकरण दिँदै कलाकारले सबै हल्ला र आरोप निराधार भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान आवश्यक रहेको बताए ।

गत डिसेम्बर ४ मा अल्लु अर्जुनको प्रिमियर शोका क्रममा सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने मृतक महिलाको छोरा गम्भीर घाइते भएका थिए । प्रहरीले अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापन विरुद्ध भारतीय दण्ड संहिताको धारा १०५ (दण्डनीय हत्या), ११८ (१) स्वैच्छिक चोट पुर्याउने र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरे पछि उनी पक्राउ परेका थिए ।

पक्राउ परेर एकदिन हिरासतमा बसे पनि तेलाङना उच्च अदालतको आदेश पछि उनी ५० हजार धरौंटीमा चार हप्ताका लागि रिहा भएका थिए । यसैबिचमा मुख्यमन्त्रीले बोले पछि अल्लु अर्जुनले पहिलो पटक मिडियाका सामु मुख खोलेका हुन ।