बालबालिकाको मुटुमा हुने बाथरोगको स्क्रिनिङ्ग शिविर भूमिकास्थानमा सुरुः करिब ६ हजार विद्यार्थिको मुटु जाँच गरिने (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई ,

पौष–०८,अर्घाखाँची , अर्घाखाँचीको भूमिकास्थान नगरप्रमुख झविलाल थापाले सानै उमेरदेखि आफ्नो मुटु आँफैले बचाउनु पर्नेमा जोड दिनुभएको छ । मुटु जोगाउन खानपान र आनीबानीमा सुधार गर्न उहाँले सुझाव दिनुभएको छ ।

May be an image of 17 people and text

भूमिकास्थान नगरपालिकाले आइतबारबाट संचालन गरेको बालबालिकाको मुटुमा हुने बाथरोगको स्क्रिनिङ्ग शिविरको अन्नपूर्ण माध्यमिक विद्यालय धारापानीमा शुभारम्भ गर्दै नगरप्रमुख थापाले यस्तो बताउनुभएको हो । भूमिकास्थानका ६५ वटा विद्यालयमा अध्यनरत करिब ६ हजार बालबालिका लाभान्वित हुने अपेक्षा सहित यो अभियानको थालनी गरेको भन्दै नगरप्रमुख थापाले शिविरको भरपुर उपयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

May be an image of 1 person, slow loris and text

भूमिकास्थानका १० वटै वडामा रहेका सबै विद्यालयमा पुगेर बालबालिकाको मुटुको जाँच गरिने शिविरको आजबाट सुरुवात गरिएको भूमिकास्थानका स्वास्थय शाखा प्रमुख शुरेस गैरेले जानकारी दिनुभएको छ ।

May be an image of 15 people and text

शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुमन्तराज बन्जाडे र डाक्टर पवन कटवालले बालबालिकाको जाँच गर्नुभएको थियो भने भूमिकास्थानका स्वास्थय शाखा प्रमुख शुरेस गैरे, हार्ट फाउण्डेशन अर्घाखाँचीका पूर्व अध्यक्ष सुर्य थापा र विद्यालयका प्र.अ.शुभाषचन्द्र बन्जाडे लगायतले सहजीकरण गर्नुभएको थियो ।

May be an image of 1 person, slow loris and text

भूमिकास्थान–३ का वडाध्यक्ष कृष्ण प्रसाद बनजाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, धारापानी स्वास्थ्यचौकी इन्चार्ज रामु के.सी., अन्नपूर्ण मा.वि.का वि.व्य.स.अध्यक्ष नारायण प्रसाद भुसाल लगायतका सरोकारवालाको बिशेष उपस्थितिमा सम्पन्न शिविरमा २ सय २० जना बालबालिकाको मुटु परिक्षण गर्दा २ जना बालबालिकामा शंकास्पद लक्षण भेटिएका छन् ।

बालबालिकाले जंगफुट नखाने, बयस्कले चुरोट, रक्सी नखाने र मधुमेह तथा कोलेस्टेरोल बढ्न नदिएमा मुटु जोगाउन सकिने चिकित्सकको सुझाव छ ।

मुटुको बाथरोगले बालबालिका बयश्क हुँदै जाँदा जटिल प्रकारको मुटुरोग निम्त्याउन सक्ने भन्दै बेलैमा पहिचान गरि नियन्त्रण गर्नको निम्ती भूमिकास्थानले यस्तो अभियानको सुरुवात गरेको हो ।

 

अन्य समाचारहरु