बेइजिङ, १३ पुस । चीनमा कारले ३५ जनाको हत्या गर्ने व्यक्तिलाई डेढ महिनाभित्र मृत्युदण्ड दिइएको छ ।गत महिना दक्षिणी चीनको झुहाई सहरमा कार हमलामा ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नोभेम्बर ११ मा ६२ वर्षीय फ्यान वेइकिउले खेलकुद परिसर बाहिर कसरत गरिरहेका मानिसहरूको बीचमा जानाजानी आफ्नो सानो एसयूभी चलाएको थियो, जहाँ ३५ जनाको मृत्यु भएको थियो ।
जुन सन् २०१४ पछि चीनमा भएको सबैभन्दा भयंकर नराम्रो नरसंहार तथा आक्रमणको रूपमा हेरिएको थियो । घटनास्थलमा चक्कु प्रहार गरी घाइते भएका उनलाई हिरासतमा लिएर गएको प्रहरीले त्यतिबेला जनाएको थियो ।
तर, उनको मुद्दा शुक्रबार सार्वजनिक रूपमा चलाइएको थियो र सोही दिन फैसला घोषणा गरिएको थियो । राज्य प्रसारक सीसीटीभीका अनुसार उनलाइ मृत्युदण्ड दिइएको छ ।
अदालतले भन्यो कि, ‘प्रतिवादीको मनसाय अत्यन्त घृणित थियो, अपराधको प्रकृति अत्यन्त गम्भीर थियो, विधिहरू विशेष गरी क्रूर थिए र परिणामहरू विशेष गरी गम्भीर थिए, जसले समाजलाई महत्त्वपूर्ण हानि पुर्यायो।’ण्
वेइकिउले केही पीडितका परिवार, सरकारी अधिकारी र जनताका अगाडि आफ्नो अपराध स्वीकार गरेको बताइएको छ । समाचार भनिएको छ कि अदालतमा उनले आफ्नो टुटेको विवाह, व्यक्तिगत निराशा र सम्बन्धविच्छेद पछि सम्पत्तिको बाँडफाँटमा असन्तुष्टिको कारण आफ्नो क्रोध निकाल्ने निर्णय गरे पछि भीडमा गाडी कुदाएँका हुन ।’ उनले निराशाका कारण क्रोध उत्पन्न भएको बयान दिएका छन र गल्ति स्विकारेका छन ।
केही विश्लेषकहरूले भने यी घटनाहरूलाई देशको सुस्त अर्थतन्त्रप्रति बढ्दो आक्रोश र निराशा र समाज थप स्तरीकृत हुँदै गएको भावनासँग जोडेका छन्।