अर्घाखाँची: ढिकुरा साना किसान कृषी सहकारी संस्थाको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न । (तस्बिर सहित)

 

लक्ष्मण घिमिरे । ढिकुरा साना किसान कृषी सहकारी संस्थाको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर ९, ढिकुरामा रहेको साना किसानले आफ्नो नवौं साधारण सभा सम्पन्न गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ । मिना मरासिनी भट्टराईको अध्यक्षतामा ९ सदस्सिय सञ्चालक समिति गठन गरिएको शाखाका प्रबन्धक मदन गैरेले जानकारी दिए । जसको उपाध्यक्षमा नमकला चुँदाली, सदस्यहरुमा बिमला खनाल घिमिरे, मनी बिक, मोतिकला थापा, शिवकला पालुङ्गे, तारा रायमाझी, यमकुमारी गुरुङ र मिना राष्कोटी रहेका छन् ।

अधिवेशनले रिता भट्टराईको संयोजकत्वमा ३ सदस्सिय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यमा हेमा सुनार र हमिकला खनाल चयन भएका छन् ।

साधारण सभा तथा अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका वडा अध्यक्ष खेमराज चुँदालीले सहकारीका माध्यमबाट जनताको जिवनस्तर उकास्न ढिकुरा साना किसान सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । साना साना बचतकर्ता र साना उद्यमीहरुलाई सहकारीले फाईदा पु¥याएको उनको भनाई छ ।

May be an image of 5 people, temple and text

कार्यक्रममा जिल्ला कृषी सहकारी संस्थाका अध्यक्ष लक्ष्मण कँडेल, साना किसान सहकारी खाँचीकोटका प्रबन्धक बिष्णु प्रसाद मरासिनी, हातेमालो महिला सानाकिसान कृषी सहकारीका अध्यक्ष पवित्रा अधिकारी घर्ती, ढिकुरा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष मोती भट्टराई, महाभारत कृषक सहकारी संस्थाका उपाध्यक्ष मुना पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।

May be an image of one or more people

कार्यक्रम मिना मरासिनी भट्टराईको अध्यक्षता, जेष्ठ सदस्य मिरा घिमिरेको स्वागत मन्तव्य तथा शाखा प्रबन्धक मदन गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा वार्षिक आयव्यय विवरण प्रस्तुत गरिएको थियो । जसअनुसार गत वर्ष मात्र सहकारीले २० लाख ४४ हजार नाफा कमाएको छ । ६७ लाख ९९ हजार ३०६ रुपैंया आम्दानी भएकामा ४७ लाख ५५ हजार २७६ रुपैया खर्च भएको आर्थिक विवरण पेश गरिएको थियो । सहकारीको कुल पुँजी ५ करोड दुई लाख पुगेको छ ।

उक्त सहकारीमा ६५४ जना बचतकर्ता रहेका छन् ।