– सिद्दार्थ के. सी ।
अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. ११ जिल्लाकै बिशिस्ट शैक्षिक ईतिहास बोकेको विजय माध्यामिक बिद्यालयले आफ्नो ६६ औं वार्षिकोत्सब बिविध कार्यक्रम गरि मनाएको छ ।
१ दिन बिद्यालयले बिविध कार्यक्रमका साथ मनाउने वार्षिकोत्सबको आजकाे दिन कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धुर्ब आचार्य अध्यक्षता , कार्यक्रमकाे प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख जिब नारायण काेइरालाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
विशिष्ट अथिति सन्धिखर्क नगरपालिका वडा अध्यक्ष चेतनारायण आचार्य , अथिति मनिराम पराजुली ,अथिति वडा सदस्य कृष्ण चुदालि,अथिति वडा सदस्य निर्मला भुसाल ,अथिति वडा सदस्य करुणा बि. क.,अथिति पार्टी प्रतिनिधि,अथिति पत्रकारहरुको उपस्थिती रहेको थियो।
प्रधानाध्यापक युवराज भुसालले स्वागत मन्तव्य तथा शैक्षिक प्रतिबेदन पेष पेस गर्नु भएको थियो। कार्यक्रम शिक्षक सीता श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।
बिद्यालयले वार्षिकोत्सबको अवसरमा विभिन्न बिधाका प्रतियोगितात्मक कार्यक्रमहरु पनि संचालन गरेको थियो ।
अन्तर सदनात्मक छात्रा , १००, २०० र ४०० मिटर छात्र / छात्रा दौड प्रतियोगीता र छेलो फाल्ने, हाइजम्प, लङ्जम्प, त्रीपलजम्प, हाजिरिजवाफ प्रतियोगिता, हिसाब दौड प्रतियोगिता, छात्राहरुको कुर्सी दौड प्रतियोगिता, नृत्य प्रतियोगिता प्रतियोगिता सम्पन्न भएकाे थियो ।
थप तस्बिर: