अर्घाखाँची । मालारानी गाउँ पालिकामा विभिन्न बामपंथी तथा प्रगतिशील पार्टीहरुको संयुक्त आयोजनामा २०८१ पौष १५ गते प्यालेस्टाइनी जनतामाथि इजरायली नरसंहारका विरुद्ध विरोध प्रदर्शन र कोणसभा गर्नुका साथै हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
रतनमारेमा रहेको कृश्चियन चर्च तथा टेलीफोन टावर देखि सुरु भएको विरोध य्राली रतनमारे बजारको सौतमारे-गोखुङ्गा चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।उक्त कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य कमरेड नरेन्द्रबहादुर थापाले अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायली विस्तारबादद्वारा प्यालेस्टाइनी जनतामाथि गरिएको नरसंहारको घोर बिरोध गर्नु भएको थियो।
संयुक्त राष्ट्रसंघको युद्धविरामको प्रस्तावमा तटस्थ रहेको नेपालको दलाल सरकारलाई निकम्मा , हुतिहारा र कायर सरकारको संज्ञा दिदै अमेरिकी सम्राज्यवाद र इजरायली बिस्तावादको सेवा गरेकोमा सरकारको घोर भ्रत्सना गर्नु भयो ।
थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत नेपालका वामपन्थी र प्रगतिशिल दलहरूले जस्तै नेपाल सरकार र संपूर्ण नेपाली जनताले अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादको विरोध गर्दै प्यालेस्टाइनी जनताको न्याय , समानता र स्वाधीनताको पक्षमा उभिनु पार्ने कुरा बताउनु भयो ।
गत सेप्टेम्बरमा सम्पन्न आइकोरको पाँचौ विश्व सम्मेलनले प्यालेस्टाइनी जनतामाथि इजरायललीआक्रमणका विरुद्ध प्रस्ताव पारित गरी इजरायली दूतावास मार्फत ज्ञापनपत्र बुझाएको , नेपालका विभिन्न दल, संघ संगठन र स्वतन्त्र बुद्धिजीवीहरुले गत मंसिर ५ गते प्रधानमन्त्रीलाई प्यालेस्टाइननी जनताको पक्षमा उभिन ज्ञापनपत्र बुझएको , संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय न्यायालयले यो आक्रमणलाई नरसंहारको संज्ञा दिएको कुरा स्मरण गराउँदै थापाले हाल इजरायलमा रहेका आम नेपालीको जीवन रक्षाका लागि उनिहरुलाई नेपाल फिर्ता गर्न र नेपालीलाई हाल इजरायल पठाउने कार्य बन्द गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।
आज यस धर्तिमा जन्मिएका र जन्मिरहने सम्पूर्ण मानवजातिको बाँच्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकार रहेकोे भएपनि जाति, धर्म , रङ्गभेद, वर्णभेद र वर्गीय विभेद सहित विश्वबाट पुँवादको अन्त्य नभए सम्म यस्ता हत्या , हिंसा ,अन्याय र अत्याचार भइरहने हुनाले समाजवाद र साम्यवादमा जानकोलागी नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्नुपर्ने आवस्यकता रहेको बिचार ब्यक्त गर्नुभयो ।
विश्वमा जाति , धर्म ,वर्ग ,वर्ण ,लिङ्ग र रङ्गभेदका आधारमा कसैले कसैलाई अपमान गर्नु अन्याय हुने कुरा स्मरण गराउँदै विश्व एक्लै हाँक्न सक्ने हैसियत कसैको नभएको , विश्वशक्ती बहु-धुर्बिय बनेको , कसैले कसैलाई जित्न सक्ने स्थिति नभएको , जो कसैलाई क्षति पुर्याउन सक्ने शक्ति भने जो कसैसँग भएको कुरा बताउँदै र सबै मार्क्सवादी -लेनिनवादी क्रान्तिकारीहरु एकजुट हुनुको विकल्प नभएको धारणा राख्दै थापाले प्यालेस्टाइनमाथि भएको इजरायली नरसंहारका विरुद्धको हस्ताक्षर अभियानमा सहभागी हुन सबैलाई अनुरोध गर्नु भयो ।
कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टीका पालिका इनचार्ज हरी सीले गर्नु भएको थियोे भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला समिति सदस्य तथा पालिका सचिव नमबहादुर घ.म.पालिकाइन्चार्ज अशोक थापा, जिल्ला समिति सदस्यहरू नवीन थापा , गिता थापा लगायतका कर्याकर्ताहरु , नेकपा (माओवादी केन्द्र )का प्रतिनिधि
बिस्नु पुनलगायतका कर्याकर्ताहरु ,राष्ट्रिय जनमोर्चाका पालिका अध्यक्ष योगेन्द्र थापा,जिल्ला सदस्य सुदिप पन्थी लगायत शोबबहादुर के.सि.केदार सिंह घर्ती, नेकपा (एकीकृत समाजवादीका पालिका अध्यक्ष डाललबहादुर चौहान सहित कार्यकर्ताहरु र नेपाल कम्युनिस्ट पार्टीका नेता पालिका इन्चार्ज हरि सी तथा अन्य कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन पछि पनि साँझ ५ बजे सम्म हस्ताक्षर अभियान जारी रहेको थियो ।