विश्वमा सबैभन्दा पहिले नयाँ वर्ष न्यूजिल्याण्डमा, उत्सव सुरु

 

काठमाडौं विश्व नयाँ वर्षमा प्रवेश गरेको छ ।

न्यूजिल्याण्डको घडीमा १२ बजिसकेको छ र सन् २०२५ सालको उत्सव सुरु भएको छ ।

न्यूजिल्याण्डमा नयाँ वर्ष नेपालमाभन्दा ७ घण्टा १५ मिनेट अगाडि आउँछ भने अमेरिकामा १० घण्टा ४५ मिनेटपछि आउँछ ।न्यूजिल्याण्डको राजधानी अकल्याण्डको स्काई टावरमा नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजी गरिएको छ ।

विश्वमा सबैभन्दा पहिले नयाँ वर्ष न्यूजिल्याण्डमा, उत्सव सुरु

अस्ट्रेलियाको मेलवर्नमा नयाँ वर्षलाई स्वागत गर्न मानिसहरु भेला भएका छन् ।

पृथ्वीले सूर्यको वरिपरि एक परिक्रमा पूरा गर्दा वर्ष परिवर्तन हुन्छ। एकै समयमा, जब यो पूर्ण रूपमा आफ्नो अक्षमा घुम्छ, त्यहाँ दिन र रात हुन्छ ।

पृथ्वीको आफ्नो अक्षमा निरन्तर परिक्रमा हुने भएकाले कुनै ठाउँमा बिहान, कुनै ठाउँमा दिउँसो र केही स्थानमा रात हुन्छ । यही कारणले गर्दा विश्वका लगभग हरेक देशलाई विभिन्न समय क्षेत्रहरूमा विभाजन गरिएको छ।