गोपाल प्रसाद भट्टराई।
पौष–१७,अर्घाखाँची- बालबिवाह मुद्दामा प्रतिवादी तोकिएका दुई जनालाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क–८ का बर्ष ३४ का मुमाराम वि.क. र भूमिकास्थान–९ का बर्ष ४५ कि छक्की भनिने सकुन्तला सारु रहेका छन् ।
जिल्ला अदालत अर्घाखाँचीले प्रतिवादी करार गरेका मुमाराम र सकुन्तलालाई प्रहरी पुष ४ गते पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो ।
गत मंसिर २६ गते सकुन्तलाले ललाई फकाई गरि जागरि लगाइदिने प्रलोभनमा पारेर १२ बर्षिय एक बालिकालाई आफ्नो घरमा बोलाएको र अर्का प्रतिवादी मुमारामलाई पनि घरमै बोलाएर ति बालिकालाई सिन्दुर हाल्न लगाएको पाइएको छ ।
सकुन्तलाको आग्रहमा मुमारामले ति बालिकालाई सिन्दुर हालेर बालबिवाह गरेको भनि परेको उजुरीको आधारमा निजहरुलाई अदालतले प्रतिवादी ठहर गरि पक्राउ गर्न अनुमती दिएको प्रहरीको भनाई छ ।
अदालतको अनुमती अनुसार मुमाराम र सकुन्तलालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक बिष्णु पौडेलले जानकारी दिनुभएको छ ।