अर्घाखाँचीमा कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी १० महिनापछि पक्राउ

 

-गोपाल प्रसाद भट्टराई

अर्घाखाँची -अर्घाखाँचीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ फरार रहेका एक प्रतिवादी १० महिनापछि पक्राउ परेका छन् ।

जंगली जनावरबाट खोती जोगाउन भन्दै छत्रदेव–४,मथुराका केशव खनालले आफ्नो बारीमा थापेको करेन्टसहितको तारको पासोमा परि गुल्मी मुसिकोटका बिमल महतको मृत्यु भएको प्रकरणमा दोषी ठहरिएका केशव खनाल पक्राउ परेका हुन् ।

२०८० असार १७ गते राती करिब ११ बजेतिर अंरिगाल पोलेर फर्किंदा ४७ बर्षिय केशव खनालले थापेको करेन्टको पासोमा परेर २६ बर्षिय बिमल महतको ज्यान गएको हो । बिमलको मृत्युपश्चात परेको मुद्धाको फैसला अनुसार गत फागुन १७ गते जिल्ला अदालत अर्घाखाँचीले केशवलाई २ बर्ष १० महिना २६ दिन कैद सजाय र ३० हजार जरिवाना तोकेको थियो ।

जिल्ला अदालतको फैसला चित्त नबुझेको भनि केशवले उच्च अदालत तुलसीपुर बुटवल इजालसमा पूनरावेदन गरेका थिए । उच्च अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएपछि केशव फरार रहँदै आएका थिए । निजलाई पौष १६ गते मथुराबाटै पक्राउ गरि अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

 

अन्य समाचारहरु