सबैको अपनत्व हुने गरि महोत्सव संचालन गर्न अर्घाखाँचीका ४ ब्यापारिक संस्थाको माग (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई। 

पौष -१८,अर्घाखाँची – आसन्न पौष २९ गतेबाट हुने भनिएको छैठौं अर्घाखाँची महोत्सव सबैको महोत्सव हुने गरि संचालन गर्न जिल्लाका ४ वटा व्यवसायिक संघसंगठनले माग गरेका छन् ।

अघिल्ला महोत्सव समग्र जिल्ला र स्थानिय ब्यापारिको हितमा हुन नसकेको भन्दै यसपालिको महोत्सव आम जिल्लावासीको महोत्सव बन्ने गरि संचालन गर्नुपर्नेमा उनिहरुको जोड रहेको छ ।

May be an image of 8 people and text

अर्घाखाँची उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवको तयारीको लागि समय नपुग्ने, तयारीको अभावले जिल्लाको उत्पादन र स्थानिय ब्यापारिले स्टल नपाउने र समग्र जिल्लालाई घाटा हुने उनिहरुको दाबी छ ।

May be an image of 7 people

जिल्ला स्थित चेम्बर अफ कमर्श, अर्घाखाँची ब्यापार संघ, उद्योग ब्यापार संघ र होटल व्यवसायी संघले सबैको अपनत्व हुने गरि महोत्सव संचालन गर्न उद्योग वाणिज्य संघलाई आग्रह गरेका हुन् ।

एकलौटी रुपमा महोत्सव गर्न खोजेमा त्यसका निम्ती अनुमती नदिन पनि सन्धिखर्क नगरपालिकासंग उनिहरुको माग रहेको छ । बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै चार संस्थाका अध्यक्षहरुले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

यस्तो छ प्रेस बिज्ञप्ती: 

May be an illustration of text