अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका हललाईनमा “जन्मभुमि अस्पताल” सञ्चालनमा, जिल्लाका सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुराउछौ: अध्यक्ष राम प्रसाद पाेखेल

 

अर्घाखाँची –अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा न १ हललाईनमा भर्खरै मात्र सञ्चालनमा आएको जन्मभुमि अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद पाेखेलले जिल्लाका सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउने प्रयासमा आफुहरू रहेको बताएका छन्।

अस्पतालद्वारा आयोजना गरिएको कर्मचारीकाे स्वागत तथा परिचात्मक कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष पाेखेलले यस्तो बताउनु भएकाे हाे ।

अध्यक्ष पाेखेलले बिगत लामाेसमयदेखि आफू जिल्लाबाट बुटवल नवलपरासी काठमाडौंमा लगायतका शहरमा बसाेबास गरेतापनि जिल्लामा केही गराै भनेर जिल्ला बासीकाे सेवा गर्न पुन अर्घाखाँचीमा आएको बताउदै दैनिक रूपमा गुणस्तरीय उपचारको लागि सहरी क्षेत्र बुटवल काठमाडौ जान्न नपर्ने गरि जिल्लामा आफुहरूले गुणस्तरीय र स्तरीय सेवा उपलब्ध गराउने बताए अध्यक्ष पाेखेलले स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन् ।

 

गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन् । एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार बुटवल काठमाडौं लगायतका शहरमा गर्नुपरेको छ।

त्यसलाई अन्त्य गर्न सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउनका लागि जनशक्ति र आधुनिक प्रविधि अनुसार ‘जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसुस गराउने गरी आफुहरू सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने अध्यक्ष पाेखेलले बताए।

अध्यक्ष पाेखेल लामाे समयदेखि सामाजिक सघसस्थामा आबद्ध हुदै आएका छन्