काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन् ।
आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन गरेर सबै प्रकरणको छानबिन गर्न आवश्यक देखिएको बताए ।
थापाले भने– ‘भष्ट्राचारका कुन-कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइसक्यो । शेरा दरबार, ललिता निवास, गिरि बन्धु कुन-कुनको फाइल खोल्ने हो खोलौँ । निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस् । शक्तिशाली आयोग बनाएरै छानबिन थालौँ ।’ बाहलवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सांसदको सबैमाथि छानबिन गर्न पनि थापाले आग्रह गरे ।