तेल अभिव, १९ पुस । इजरायली सेनाले दक्षिणी लेबनानमा थप आक्रमण सुरु गरेको छ ।इजरायली सेनाले दक्षिणी लेबनानमा रातारात थप हमला गरेको बताएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार मध्यरातमा इजरायली सेनाले बानी हाइयान सहरको वरपर बमबारी गरेको हो । ‘अर्को आक्रमण केफर किलामा गरेको थियो, जसको आवाज दक्षिणभर सुनिएको थियो,’ एनएनले रिपोर्टमा भनेको छ ।
यसअघि इजरायली सेनाले मारुन अल रस सहरको बाहिरी भागमा रहेको आफ्नो स्थानबाट हेभी मेसिन गनका साथ बिन्ट जबेल सहरलाई घेराउ गरिरहेको बताएको थियो। पछिल्लाे हमलावाट के कति हताहत भए ? साे बारेमा कुनै खुलि सकेकाे छैन ।
आक्रमणहरू नोभेम्बरको अन्त्यदेखि जारी रहेको हिजबुल्लाहसँगको युद्धविरामको इजरायल सेनाले गरेको पछिल्लो उल्लङ्घनको रुपमा हेरिएको छ ।