रास्वपाको केन्द्रिय समिति बैठक आजबाट, सहकारी अध्यादेशमा पनि छलफल हुने

 

काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू हुनेछ ।

कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरूमा समसमायिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ भन स्थानिय तह उपनिर्वाचन समिक्षा, संगठनको समिक्षा र संगठन रणनीतिका बिषयलाइ छलफलको अजेन्डा बनाइएको छ ।

साथै, संगठन सबलीकरण र जागरण, प्रशिक्षण सामाग्रीत अभियान, लिडरसीप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय सयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ ।
यस सेसनमा केन्द्रिय समिति सदस्य, आमान्त्रित सदस्यहरूमा केन्द्रिय संगठन बिभाग, प्रशिक्षण बिभाग एवम प्रदेशका महामन्त्रीहरू सहभागी रहनेछन् ।

उता, केन्द्रिय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सबन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका बिधेयक र पार्टी धारणा सबन्धी छलफल , पार्टी संरचना सबन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समिक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

सभापति रबि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परी हिरासतमा रहे पछि कार्यबहाक सभापति डीपी अर्यालको अध्यक्षता पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो ।