फाइल तस्बिर:
-केशव राज ज्ञवाली, अर्घाखाँची डट्कम।
अर्घाखाँची – सामान्यतया मंसिर देखि फागुन सम्मको समय नेपालमा मेला महोत्सवको सिजनको रुपमा मानिदै आएको छ । यतिबेला देशभरका विभिन्न स्थानमा मेला महोत्सव चलिरहेका छन ।
यसैबिच अर्घाखाँचीको सन्धिखर्कमा पनि छैठौं अर्घाखाँची महोत्सव लगाउने औपचारिक घोषणा नआइसकेता पनि तयारी जोडतोडले चलिरहेको देखिएको छ ।
सामाजिक संजालमा आएका चर्चा परिचर्चा र यहि पुस २९ गते देखि संचालन हुने भनिएको महोत्सवको केही बिरोध र केही समर्थनले जिल्ला तरंगित भएको छ ।
यस अघिको पाचौं अर्घाखाँची महोत्सव पनि विभिन्न बिरोधाभाषका बिच सम्पन्न भएको थियो । उधोग बाणिज्य संघ र चेम्बर अफ कमर्श अर्घाखाँचीको संयुक्त आयोजनाका बिच सम्पन्न उक्त महोत्सव बाट जिल्लाले के ? कति ? कस्ता क्षेत्रमा ? कस्तो ? फाइदा लियो यसको कुनै लेखा जोखा हुन सकेन ।
आर्थिक पारदर्शितामा सधै बिवाद
जिल्लामा महोत्सव लगाउदा सधै आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ । यस अगाडीका महोत्सवमा पनि अथिती सत्कार र मासु मदिराका नाममा धेरै खर्च निकालिएको बिवाद सतहमा आएपछी आधिकारिक रुपमा खर्च बिवरण घोषणा गर्न आयोजकहरु चुकेका छन ।
अर्घाखाँची डटकमले निवेदन दिएर खर्च बिवरण मागेको जवाफमा संयुक्त बैठक बस्न नसकेको र बैठक बसेपछी बिवरण दिन सकिने जवाफ प्राप्त भएको थियो ।
सामाजिक कार्य चर्चामा मात्र
महोत्सवबाट आएको आम्दानिको निश्चित रकम सामाजिक हितको क्षेत्रमा खर्च गरिने प्रचारप्रसार जोडतोडले गरिएता पनि यसको नतिजा शून्य प्राय भएको छ ।
पाचौ महोत्सवमा आएको रकम बाट गच्छे स्थित श्मशान घाटमा जाने बाटोको लागि भन्दै उधोग बाणिज्य संघले ब्यक्तिको जग्गा खरिद गरेको थियो । तर पछि सन्धिखर्कका नगरप्रमुख र वार्ड नं ७ का अध्यक्षको पहलमा खोलाको किनारबाट बाटो बिस्तार गरि श्मसनघाट बाटो पुर्याउने काम भयो र उक्त जग्गा प्रयोगमा अझै आउन सकेको छैन ।
बाटोको बैकल्पिक ब्यबस्था भएता पनि उक्त जग्गामा पार्किङ्ग ,प्रतीक्षालय , कृयापुत्री भवन जस्ता संरचनाहरु बनाएर प्रयोगमा ल्याउन पनि सकिने अवस्था हुदाहुदै त्यस तर्फ ध्यान गएको देखिएको छैन ।
घाटमा आएकाहरुको सवारी साधन गच्छे ,फुद्वाङ्ग, सडकमानै पार्किङ्ग गर्नुपर्ने अवस्थाले गर्दा कहिलेकाही सडक अस्त ब्यस्त हुने गरेको छ । तथापी उक्त खाली स्थानमा पार्किङ्ग गर्ने ब्यवस्था गरिदिए पनि मलामी र स्थानिय दुवैलाइ सहज हुने देखिन्छ ।
के हो छैठौं महोत्सवको विवाद ?
अब हुने भनिएको छैठौं अर्घाखाँची महोत्सवको बिबादपनि बुझिनसक्नुको छ । उधोग बाणिज्य संघले आयोजना गर्ने भनिएको महोत्सवको जिल्लाका अन्य ४ ब्यापारिक संघ संस्थाले पत्रकार सम्मेलन गरेर बिरोध प्रकट गरेका छन ।
यधपी उनिहरुको बिरोधपनी बिरोधमा मात्रै सिमित हुने आशंका बढेको छ ।
महोत्सव संचालन गर्दा स्थानिय ब्यपारीहरु मारमा पर्ने र जिल्लाको रकम बाहिरिने बाहेक दरिलो तर्क उनिहरु संग पनि छैन । यसरी सरसरति हेर्दा यो बिबाद जुङ्गाको लडाइ जस्तो मात्र देखिएको छ ।
के चाहन्छन स्थानिय जनता ?
महोत्सवको बिवाद र पक्षमा पदासिन हरु जुङ्गा लडाइ गरे जस्तै स्थानिय जनताको पनि मिश्रीत धारणा पाइएको छ । भुमिकास्थान -७ का नरहरी भन्नुहुन्छ – “महोत्सव लगाए त रमाइलो हुने थियो , बच्चाहरुको बिदामा मनोरन्जन दिलाउन पनि सहज हुने थियो । खै ठुलाबडा के गर्ने हुन ? ” महोत्सवमा छोराछोरीहरुलाइ मनोरन्जन दिलाउने र सस्तोमा पाए तातो कपडाहरु किन्ने उहाको योजना रहेको बताउनु भयो ।
सन्धिखर्कका स्थानिय कृषक गोपाल खनालले आफ्ना स्थानिय उत्पादनहरु महोत्सवमा लैजाने समय नदिइकनै हतारमा आयोजना गरिनु आपत्तिजनक रहेको बताएका छन । आयोजकले अलिकती समय राखेर महोत्सवहरु आयोजना गरे कृषि उत्पादन , घरेलु , हस्तकला जस्ता जिल्लाका स्थानिय उत्पादकहरुलाइ आफ्ना प्रतिभा क्षमता देखाउन समय हुने र त्यसको राम्रो प्रतिफल आउने खनालको तर्क रहेको छ ।