राप्रपा नेपालद्दारा दिब्योपदेशलाइ ‘पृथ्वीपथ’को रूपमा अंगिकार

 

काठमाडौं, २० पुस । कमल थापा नेतृत्वको राप्रपा नेपालले दिब्योपदेशलाइ पृथ्वी पथको रूपमा अंगिकार गर्ने भएको छ । आज सम्पन्न केन्द्रिय समिति बैठकले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिएको दिब्योपदेशलाइ ‘पृथ्वी पथ’ रूपमा अंगिकार गर्ने भएको हो ।

‘पार्टीले अबलम्बन गरिरहेको सम्बर्धनवादको बैचारिक दर्शनको धरातलमा नेपाल एकीकरणका नायक राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको मार्गदर्शन र दिब्यउपदेशलाइ राप्रपा नेपालले ‘पृथ्वीपथ’को रूपमा अंगिकार गर्नेछ’ केन्द्रिय समितिको निर्णयमा भनिएको छ।

राप्रपा नेपालले प्रत्येक बर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिशेष कार्यक्रम गर्दै आएको छ । यसपटक पनि पुस २७ मा बालुवाटारमा बिशेष कार्यक्रम गर्दैछ ।

त्यसो त आज सम्पन्न केन्द्रिय  समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महाधिवेसन गर्ने निर्णय गरेको छ भने बैठकले राजनीतिक कार्यपत्र, संगठन बिभागको प्रतिवेदन, तराइ मधेस उत्थान अभियान सबन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिबेदन पारित गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सट्टा जनलोकपाल गठन गर्नु पर्ने उसले आफनो माग अघि सारेको छ । ‘भ्रष्टचारलाइ जरै देखी उन्मुलन गर्न अहिलेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अबधारणामा आधारित सम्पन्न संबैधानिक निकायको ब्यवस्था गर्न राप्रपा नेपाल माग गर्दछ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, राप्रपा नेपालले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाइ ‘टु पार्टी सिस्टम’मा लैजान लागेको भन्दै असहमति जनाएको छ । ‘सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाइ चुनौती दिने र प्रतिस्पर्धामा आउन नसक्ने दलहरूलाइ निषेध गरी कथित दुइ दलीय ब्यवस्था कायम गर्न संबिधान र कानुनमा संसोधन गर्ने प्रयास गरीरहेको देखिन्छ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘समानुपातिक र समावेशी मान्यतालाइ कमजोर बनाउने तथा समानुपातिक निर्वाचनको थ्रेस होल्ड बढाएर साना र उदयीमान दलहरूको प्रतिनिधित्व शुन्य बनाउन सत्तारूढ दलहरू उद्धतरहेको समेत देखिन्छ, यस्तो प्रवृतिले प्रजातन्त्रलाइ कमजोर बनाउने र निरंकुशताको पक्षपोषण गर्नेछ’ राप्रपाको निर्णयमा भनिएको छ ।