-अजय के, सि. , अर्घाखाँची ।
२०८१ पुस २0 अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ र ४ धारापानीमा अवस्थित श्री जनहित बचत तथा ऋण सहकारी संस्थाको १७औ वार्षिक साधारण सभा तथा नबौँ अधिबेशन शनिवार सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण बन्जाडेको अध्यक्षता सुरु भएको उक्त साधारण सभा कार्यक्रमका प्रमुख अथिति भूमिकास्थान नगरपालिका नगर प्रमुख झबिलाल थापाले ब्यानर बाचन गरि उद्घाटन गर्नुभएको थियो भने कार्यक्रमको संचालन बिरेन्द्र पौडेलले गर्नु भएको थियो । साथै उक्त सहकारिको आर्थिक प्रतिबेदन गोबिन्द खड्काले पढेर सम्पुर्ण सेर सदस्य हरुलाई सुनाउनु भएको थियो ।
साधारण सभामा विशिष्ट अथिति भुमिकास्थान नगरपालिकाका उप-प्रमुख बालकृष्ण बन्जाडे विशिष्ट अथितीमै वडा न ४ का अध्यक्ष बाबुराम पन्थी ३ का अध्यक्ष कृष्ण बन्जाडे लगायत विभिन्न राजनिति दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष चुरा ब के,सि सम्पुर्ण शिक्षक हरुको तर्फबाट सुभास बन्जाडे सम्पुर्ण सहकारीको तर्फबाट पसुपति बन्जाडे बिभिन्न राजनितिक दलका प्रतिनिधि लगायतले सहकारिको प्रगतिको कामना गर्दै सुभकामना दिनुभएको थियो ।
उक्त सभामा सहकारीमा आबद्ध जेष्ठ सदस्य ,शेर सदस्यका जेहेन्दार बिद्यार्थीहरुलाई समेत सम्मान समेत गरेको थियो। साथै उक्त सभाले डण्डमणि भुसालको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ ।
थप तस्बिर: