अर्घाखाँची महोत्सव: जिल्लामा ब्लड बैंक स्थापना गर्न ६५ लाख दिने भन्दै अनुमति मागियो

 

अर्घाखाँची – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा महोत्सव सन्चालनको हल्ला चलेसँगै केही बर्ष अगाडी सन्धिखर्कमा मेला सन्चालन गरेको यो एक कम्पनीले यसपालीको मेला आफूले सन्चालन गर्ने जिम्मेवारी माग्दै सन्धिखर्क नगरपालिकामा अनुमति मागेको छ ।

उक्त कम्पनिले मेला संचालन गएबापत अर्घाखाँची अस्पतालमा बल्ड बैंक स्थापनाका लागि सन्धिखर्क नगरपालिकाले उपलब्ध गराउने खातामा रु ६५ लाख जम्मा गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

कम्पनिले प्रतिबद्धता सहित आफना कम्पनीका आवस्यकीय कागजातहरु सहित आज सन्धिखर्क नगरपालिकामा पत्र बुझाएको हो ।

उता कुँडुले फाँटमा भने यतिवेला मेलाका लागि तिथी मिति तोकेर तयारी भईरहदा कुन कम्पनीसँग, कति रकममा र कुन प्रयोजनका लागि सम्झौता गरिएको छ भन्ने विषय हालसम्म आधिकारीक रुपमा जानकारी पाउँन सकिएको छैन ।