अर्घाखाँची सुनचाँदी व्यवसायी संघको अध्यक्षमा जिवलाल गहतराज निर्वाचित (तस्बिर सहित)

 

सागर परियार ,अर्घाखाँची ।

अर्घाखाँची । नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि बहादुर विक (दियाली)ले सुन चाँदी व्यवसायीहरुले सुन चाँदी व्यवसायको सरकार सँग छुट्टै कानून माग्दा दिन नसकेको बताएका छन् । उनले सुनचाँदी व्यवसाय र अन्य व्यवसायमा फरक भएको बताउँदै सरकारले सुनचाँदी व्यवसाय सम्बन्धि छुट्टै कानून बनाउनुपर्ने बताएका हुन ।

May be an image of 4 people and text

अर्घाखाँची सुनचाँदी व्यवसायी संघको १२ औं वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको उद्घाटन शत्रमा बोल्दै केन्द्रीय उपाध्यक्ष दियालीले सुनचाँदी व्यवसायी सम्बन्धि कानूनका लागि संघ, प्रदेश र स्थानीय तह सबैले चासो दिनुपर्ने बताए ।

May be an image of 4 people and text

उनले नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी सम्बन्धि आचारसंहिता बनाइ देशैभर आचारसंहिता लागू भएको समेत बताए ।

May be an image of 9 people, beard, people studying and text

यस्तै कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले व्यावसायिक सुरक्षाका लागि आफू सधैं तयार रहेको बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अर्यालले व्यवसायीको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताए । ‘समाजमा सबै राम्रा मान्छे हुन्छन् भन्ने हुँदैन कुनै अराजक पनि हुन सक्छन्, त्यस्ता व्यक्तिको बारेमा प्रजिअलाई जानकारी दिए कानून संवत् कारबाही गरिनेछ ।’ उनले भने ‘कारोबार गर्दा समेत सजक हुनुपर्ने छ ।’

May be an image of 14 people, dais and text

कार्यक्रममा लुम्बिनी सुनचाँदी व्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर गहतराज, केन्द्रीय सदस्य लोक बहादुर सुनार, केन्द्रीय सदस्य मदन के.सी, सुनचाँदी व्यवसायी संघ लुम्बिनीका सचिव झविद्र विक, उद्योग वाणिज्य संघका उपाध्यक्ष साजन ओली, चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठ, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खड्का, पत्रकार महासंघ अर्घाखाँचीका सदस्य सागर परियार लगायतले उद्घाटन शत्रमा शुभकामना मन्तव्य राखेका थिए ।

May be an image of 4 people and text

कार्यक्रम अर्घाखाँची सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण बहादुर विश्वकर्माको अध्यक्षता र केन्द्रीय सदस्य तथा जिल्ला सचिव तारा बहादुर सुनारको संचालनमा सम्पन्न भएको थियो ।

जिवलाल गहतराजको अध्यक्ष रहेको १७ सद्स्य अर्घाखाँची सुनचाँदी व्यवसायी संघको कार्य समिति सर्वसहमत निर्वाचित गरियको छ ।

May be an image of 4 people and text

जसमा बरिस्ठ उपाध्यक्ष दिपक कुमार बिक, प्रथम उपाध्यक्ष डिल बहदुर सुनार द्,द्वितिय उपाध्यक्ष कृस्ण बहादुर सुनार ,महासचिब कृस्ण पन्थि ,सचिव बिक्रम सुनार ,कोषाध्यक्ष केश बहादुर सुनार ,सदस्यहरु चिरनजिबि सुनार्,कमल विस्वकर्मा ,नबिन श्रीपाल, राजेन्द्र सुनार ,बिजय सुनार ,डिले सुनार ,राजु गहजराज ,कृस्ण कुमार गहजत, सिता श्रीपालि सुनार ,रमेश बिक लगायत निर्वाचित हुनु भएको छ ।