“छैठौं अर्घाखाँची कृषि एवं पर्यटन तथा औद्योगिक महोत्सव २०८१ ” पुस २९ गते बाट कुंडुले फांटमा सुरु हुने (तस्बिर सहित)

 

-केशवराज  ज्ञवाली, अर्घाखाँची डट्कम।  

अर्घाखाँची – छैठौ अर्घाखाँची कृषि एवं पर्यटन तथा औधोगिक महोत्सव २०८१ सन्धिखर्क -१ को कुडुले फाटमा हुने आयोजकले औपचारिक जानकारी दिएको छ ।

May be an image of 10 people, people studying, dais and text

महोत्सव लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले उद्घाटन गर्ने सन्धिखर्कमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था अर्घाखाँची उधोग बाणिज्य संघले आधिकारिक जानकारी दिएको हो ।

May be an image of text

महोत्सवबाट आएको आम्दानिले सन्धिखर्क -६ को नरपानीमा पर्यटन प्रवद्दन सम्बन्धी डिजिटल बोर्ड राखिने ,सन्धिखर्क नगरपालिका संग सहमती गरिएको आयोजकले जानकारी दिएको छ ।

May be an image of 8 people and text that says "अर्घाखांची उद्योग वाणिज्य संघ ARGHAKHANCHI CHAMBER OF COMMERCE &INDUSTRY सन्थरयर्फ गरपालकाचड् हान हान.१ ១. अयार्यांचा ਬज आदशोी पटेटन 3tafias माहीसव NOED -감디학 पत्रकार पत्रकारसम्मेलन सम्मलन S 3림% GRSEToce"

पत्रकार सम्मेलनमा उधोग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले महोत्सवको बिरोधमा रहेका जिल्लाका अन्य संघ -संस्थाहरुलाई वार्तामा आउन अनुरोध गर्दै आफुले सबै पक्ष संग सल्लाह गर्दै अगाडि बढेको बताए , उनले भेट र बैठकमा मेला चलाउन दिन्छौ भन्ने तर घरमा पुगेर सामाजिक संजाल रंगाउने कार्य गलत भएको पनि बताएका छन ।

May be an image of 11 people, people studying and text

पुस २९ देखि माघ १२ गते सम्म आयोजना हुने महोत्सवमा ३५० स्टल हुने जसमा ५० वटा स्टल निशुल्क राखिएको जस मध्ये जिल्लाका कृषि उत्पादन , दुग्धजन्य पदार्थ ,नर्सरिजन्य उत्पादन , पुष्प खेती पर्यटन , डकुमेन्ट्री को लागि स्टल ब्यबस्थापन , घरेलु हस्तकलाका काठ जन्य ,बासजन्य उत्पादन , बहुउद्देश्यीय सहकारिका उत्पादनको लागि निशुल्क स्टल ब्यवस्था गरिने र संबंधित पक्षलाई पुस २५ गते सम्म आफुलाइ चाहिने स्टलको जानकारी दिन आयोजकले अनुरोध गरेको छ ।

May be an image of 13 people, people smiling and people studying

स्थानिय ब्यबसायिलाइ ५० प्रतिशत छुटमा स्टल ब्यबस्थापन गरिने , कला संस्कृति तर्फ स्थानिय कला जस्तै लाखे नाच , भैरव नाच , जस्ता बिषयमा सहभागी गराउन छ वटै पालिकामा पत्राचार गरिएको पनि उधोग बाणिज्य संघले जनाएको छ ।

May be an image of 7 people, people studying and text

मेलामा स्थानिय कलाकार संगै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले  बताएको छ ।

May be an image of 11 people, people studying, people smiling and text

महोत्सव स्थलमा हुने भनिएको ध्वनी प्रदुषण सिमित समयको लागि हुने र दैनिक जन जिवनमा सकेसम्म कम प्रभाव पारिने , फोहोर मैलाको समस्या हल गर्न अभियानको रुपमानै काम गर्ने प्रतिवद्द्ता जनाएको छ ।

May be an image of 8 people and text

सबैलाइ समेटेर लैजाने भन्दै महोत्सवबाट जिल्लाको ब्यबसाय धरासायी बनाउने उदेस्य नभइ सम्पुर्ण जिल्लाबासिको हित , मनोरञ्जन संगै स्थानिय ब्यबसायिहरुको ब्यवसाय प्रवद्द्नको लागिनै महोत्सव संचालन गर्न लागिएको संघले जनाएको छ ।

May be an image of 10 people and people studying

महोत्सवमा कुनै प्रकारका जुवा जन्य खेलहरु खेलाउन नदिने भन्दै उधोग बाणिज्य संघले सुरक्षाको पुर्णतया ग्यारेन्टी हुने हुदा स्टलमा सहभागी भएर आफ्नो ब्यवसाय सबल बनाउन स्थानिय ब्यबसायिलाइ अनुरोध पनि गरेको छ ।

थप तस्बिर :

May be an image of 10 people and people studying

May be an image of 7 people and text

May be an image of 7 people, people studying and text

May be an image of 5 people, people studying and table

May be an image of 7 people, people studying and table