भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत, ७.१ रेक्टरस्केल मापन

 

काठमाडौं । मंगलावार बिहानै काठमाडौं लगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।


भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७.१ रेक्टर स्केलको भूकम्प मापन भएको छ ।

नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।

भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।