-केशबराज ज्ञवाली, अर्घाखाँची डट्कम।
पौष २३ , सन्धिखर्क, अर्घाखाँची। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बिकसित घटनाक्रम हेर्दा यो सरकारको आयु पनि सकिन लागेको बताएका छन । जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।
प्रसंग बिनानै केपि ओलि सरकार टिक्छ भन्दै हिड्नु , शेरबहादुर देउवाले धोका दिन्न भन्दै स्पस्टिकरण दिदै हिड्नुले खिचडी पाकिरहेको प्रस्ट देखिने पनि उनको दावी छ ।
नेपालमा गत ९ बर्षमा ११ सरकार , ९ समीकरण , फेरिएको हालका घटनाक्रमले सरकार ढल्ने निश्कर्षको नजिक पुग्न सहज भएको दावी गर्दै भट्टले सरकारको छिमेकी राष्ट्र संगको दुरि बढेको र सरकार परिवर्तन भैरहदा चरम संकट बैदेशिक हस्तक्षेप हुने पनि चिन्ता प्रकट गरेका छन ।
तराइमा रहेका मधेसबादी दलहरु भारतीय साम्राज्यवादका एजेन्ट हुन भन्दै महासचिव भट्टले उनिहरुको बिचको एकताले देशको सार्वभौम सत्ता र राष्ट्रियतामा संकट पुग्ने पनि बताए । यी र यस्ता कार्यहरुले देशमा गणतन्त्र माथी खतरा बढेको भन्दै भट्टले राजावादि शक्तिहरु थप सलवलाएर गणतन्त्र माथी हिलो छ्यापेको पनि बताएका छन ।
हिजोको दिनमा भारतमात्र नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपमा रहेको तर आजको दिनमा अमेरिकी हस्तक्षेप पनि बढेको महासचिव भट्टले दावी गरे । राज्यका विभिन्न तहमा छिरेर नेमालको माइक्रो म्यानेज्मेन्मेन्टमा घुसपैठ गरेको उनको तर्क छ ।
नेपालको सहकारी क्षेत्र चरम समस्यामा सहकारी क्षेत्रमा झण्डै २ खरब रकम अपचलन भएको , उक रकम नेपाली जनताको पसिना भएको र नेपाली जनताको रकम माथी माफिया हरु रमाएको भन्दै उनले सरकारले २९ सहकारी समस्याग्रस्त भनेपनी झण्डै ७०० सहकारी समस्याग्रस्त भएको अवस्था भएको दावी पनि गरेका छन ।
हिजोको दिनमा जस्तै रबि लामिछानेको सहकारी काण्ड लाई राजनितिक रंग दिइनु खेदजनक रहेको पनि उनको भनाइ छ । उनले राष्ट्रिय जनमोर्चाले २४ चैत्र देखि गर्न लागेको सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलन संघियता खारेजी , गणतन्त्रको रक्षा , भ्रस्टाचार उन्मुलन र सुशासनको लागि भएको पनि बताएका छन ।