राजधानी केन्द्रित आन्दोलनको तयारी स्वरुप जनमोर्चा अर्घाखाँचीले जिल्लाका २७ स्थानमा सभा गर्ने (तस्बिर सहित)

 

-केशवराज ज्ञवाली, अर्घाखाँची डट्कम।

अर्घाखाँची –  राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघीयताको बिरुद्दमा चैत्र २४ गते देखि हुने सप्ताह ब्यापी राजधानी केन्द्रित आन्दोलनको तयारी स्वरुप अर्घाखाँचीका २७ स्थानमा सभा गर्ने जानकारी दिएको छ ।

May be an image of 5 people and text

आज सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के सि ले यस्तो जानकारी दिएका हुन । राजधानी केन्द्रित आन्दोलनलाइ सफल पार्न जनमोर्चा अर्घाखाँचीले सांगठनिक , प्रचारात्मक र आर्थिक अभियान चलाउने सम्बन्धी निर्णय गरेको पनि पत्रकार सम्मेलनमा उनले बताएका छन ।

May be an image of 1 person, dais and text

नेपालमा सघियता सुरु भए देखिनै जनमोर्चा संघियताको बिरोधमा रहेको बताउदै अध्यक्ष केसिले जनमोर्चाले जहिले पनि नेपालको हकमा राजनितिक , ऐतिहासिक , धार्मिक , आर्थिक , सांस्कृतिक , भौगोलिक , भुराजनीतिक कुनै पनि हिसाबले संघियता उपयुक नभएको कुरा उठाउदै संघियता खारेजिको माग गरेको बताएका हुन ।

May be an image of 14 people and chess

२०८१ चैत्र २४ गते देखि हुने राजधानी केन्द्रित आन्दोलनको तयारी स्वरुप अर्घाखाँचीका छ पालिकामा संघर्ष समिती गठन गरिसकिएको र उक्त समितिहरुले आ आफ्ना पालिकामा राजधानी केन्द्रित आन्दोलनको लागि जनशक्ति तयार गर्ने ,संगठन निर्माण , आर्थिक संकलन ,भेटघाट , प्रचारप्रसार गर्ने जिम्मेवारी दिइएको पनि जनमोर्चाले पत्रकार सम्मेलनमा बाताएको छ ।

May be an image of 3 people, lighting, flute, speaker, violin and text

जनमोर्चा अर्घाखाँचीले मालारानि गाउपालिकाका ४ , पाणिनी गाउपालिकाका ३ , शितगंगा नगरपालिकाका ४ सन्धिखर्क नगरपालिकाका ८ , भुमिकास्थान नगरपालिकाका ५ र छत्रदेव गाउपालिकाक ३ गरि २७ स्थानमा केन्द्रिय , प्रदेश तथा जिल्लास्तरीय वक्ताहरुले सम्बोधन गर्ने गरि सभाको आयोजना गर्ने बताएको छ ।

 

अन्य समाचारहरु