-अनिल नेपाली , अर्घाखाँची।
अर्घाखाँची, सन्धिखर्क – टोल विकास संस्थामार्फत विकास निर्माणको काम अघि बढाउन अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न ७ ले टोलविकास संस्था क्षमता अभिबृद्वि कार्यक्रमकाे आज शुभारम्म गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकुत खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले उपभोक्ता समितिलाई निरुत्साहित गर्दै टोल विकास संस्थामार्फत विकास निर्माणका काम सञ्चालन गर्न उनीहरूको क्षमता विकासका यस्ता कार्यक्रमले रचनात्मक र सकारात्मक भुमिका खेल्ने बताउदै नगरपालिकाले यस्ता कार्यक्रम लाई प्रत्येक वडामा वडामा सञ्चालन गर्ने बताए।
कार्यक्रममा भुसालले टोल विकास संस्थाका पदाधिकारी र सदस्यलाई टोल विकास संस्थाको काम, कर्तव्य, अधिकार, बस्तीस्तरका योजना छनोट, योजना तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया लगायतका विषयमा क्षमता विकास सम्बन्धि प्रशिक्षण दिनु भएको थियोे।
कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न ७ चुरा ब केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लक्ष्मण कडेल , पत्रकार अनिल नेपाली लगायतले मन्तब्य राख्नु भएको थियोे।
कार्यक्रममा वडा सदस्य पुष्पा नेपाली डुकलाल पाेखेल पुर्व वडा सदस्य रामलाल खनाल समाजसेवी बुद्धिजीवी लगायतको सहभागीता रहेको थियोे।
कार्यक्रम वडा सचिव सीता विसिकाे सञ्चालन वडा सदस्य मिना ज्ञवालीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे।
थप तस्बिर :