सुर्यदर्शन सहकारी ठगी, कससँग कति मागियो धरौटी

 

पोखरा, २५ पुस । सहकारी ठगी मुद्दाका ७ आरोपीलाइ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जना आरोपीलाइ धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणः रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाइ ६५ र गोर्खा मिडिया प्रालिका तत्कालिन प्रबन्ध निर्देशक जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसैगरी लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५–५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सुचना अधिकारीले जानकारी दिए ।

लामिछाने र जोशीबिरूद्द भने सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।