काठमाडौं, २६ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२÷०६३ को समयमा नेपालमा राजनितीक परिबर्तनको लागि भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भैसकेको बताएका छन् ।
राप्रपा नेपालको १९ औं पार्टी स्थापना दिबसको अबसरमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको अबस्थाको कारण राप्रपा नेपालको महत्त्व झन् झन् बढेर गएको समेत चर्चा गरे । पार्टी निर्माणका क्रममा बिगतमा भएका संघर्ष र सुखदुःखको क्षणहरुको स्मरण गर्दै थापाले फरक बिचारका कारण आफुलाई राज्यले दुई दुई पटक थुनामा हालेको समेत सम्झना गरे ।
सिद्धान्तप्रतिको अबिचलित निष्ठा र बिकृती बिसङ्गतीसङ्गको लडाई निरन्तर जारी राख्ने भन्दै थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डाको सबैभन्दा बढी माया र बिश्वास गर्ने पार्टी राप्रपा नेपाल मात्र भएको समेत दाबी गरे ।
२०६२ पौष २६ गते काठमाडौंको बिरेन्द्र सभा गृहमा भएको राप्रपाको बिशेष महाधिवेशनले राप्रपा नेपाल निर्माण गरेको थियो । कार्यक्रममा पार्टीका नेताहरु राजिब पराजुली, तारानाथ लुइँटेल , राजाराम बर्तौला,सुनिता कुरुङ्वाङ्ग, हिक्मतजङ्ग भण्डारी र श्याम नेपालले बोलेका थिए ।