-अर्घाखाँची डट्कम, अर्घाखाँची।
सन्धिखर्क ,खाचिकोट- जनसहयोग बचत तथा ऋण सहकारी खांचिकोटको २३ औ साधारणसभा सन्धिखर्क ७ को डिहिडाडामा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ कार्यक्षेत्र रहेको सहकारिको १६ लाख बढी शेयर पुजि रहेको छ ।
यो सहकारीले आफ्ना शेयर सदस्यहरुलाइ सुलभ कर्जा प्रदान गर्दै आम जनजिवनलाइ सहज बनाउदै आएको छ ।
साधारण सभाको अवसरमा सहकारिका अध्यक्ष जगत प्रसाद आचार्यले संस्थाको कार्यक्रम सहितको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। भने सस्थाको लेखा प्रतिबेदन निरज भट्टराईले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सहकारिको २३ औं साधारणसभाले जगत प्रसाद आचार्यको नेतृत्व दोहोर्याउदै आचार्यको अध्यक्षतामा नया संचालक समिती सर्वसहमत चयन पनि गरेको छ ।
सहकारिका अध्यक्ष जगतप्रसाद आचार्यले अध्यक्षता गर्नु भएको साधारण सभामा जिल्ला समन्वय समिती सदस्य तथा जिल्ला सहकारी संघका उपाध्यक्ष लक्षमण कंडेलको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा बिशिस्ट अथिति सन्धिखर्क – ७ का वार्ड अध्यक्ष चुराबहादुर केसि , अथिति वार्ड सचिव सीता बिसिको उपस्थित रहेको थियो । कार्यक्रममा सम्पूर्ण सेयर सद्स्यलाई सस्थाका सदस्य डुकलाल पोख्रेलले स्वागत गर्नु भएको थियो। यसैगरी कार्यक्रममा सस्थाका पुर्व उपाध्यक्ष पिताम्बर भट्टराई, गणेश सिंह ठकुरी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन नारायण बहादुर के.सी ले गर्नु भएको थियो।
थप तस्बिर: