-हिमाल कुंवर , अर्घाखाँची डट्कम।
सन्धिखर्क, अर्घाखाँची – टिम डिभर्ना ब्रदर्श अहिले फेरि राजन हमालको कप्तानीमा अर्घाखाँची प्रिमियर लिग सीजन -५ मा मैदानमा फेरी पनि उत्रीदै छ । माघ १ गते बाट सुरुहुने लिगमा यो यो टिम फेरि उपाधी हात पार्ने दाउमा अथक मेहनत गरिरहेको बताइएको छ ।
यो टिमले टाढा बाट आउने खेलाडीहरुको लागि होटलमा बस्न खाना नास्ताको व्यवस्था गर्दै आज बाट विशेष क्याम्पेनिङ्ग पनि सुरु गरेको छ । यसको टिम मालिक प्रदिप श्रेष्ठ, निराजन बस्याल,मेनेजर समुन्द्र बस्याल र टिम कोच मोती कुमार श्रेष्ठ रहेका छन ।
टिम कोर्डिनेटर सुरेन्द्र बस्यालले अथक मेहनतका साथ राम्रो कार्य गरेका छन । टिमको आवस्यक खर्चको ब्यबस्थापन केही मालिकहरुको ब्यक्तिगत भएतापनी देश विदेशमा रहनु भएका खेलप्रेमिहरु बाट आर्थिक सहयाेग जुटाउदै खर्च ब्यवस्थाओअन टिमले गरिरहेको छ ।
अर्घाखाँची प्रिमियर लिग सिजन ४ मा आनन्द श्रेष्ठको कप्तानिमा डेब्यु गरेको डिभर्ना ब्रदशले आफ्नो डेब्युमै लिगको उपाधी हात पार्न सफल भएको थियो । भने प्ल्येयर अफ द टुर्नामेन्ट पनि टिमका कप्तान आनन्द श्रेष्ठ भएका थिए ।