-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची।
पौष–२८,अर्घाखाँची
सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाले वर्तमान सरकारलाई फेल हुने छुट नभएको तर्क गर्नुभएको छ । मुलुकमा व्यवस्था बदलिएरपनि राजनितिक स्थायित्व हुने छाँट नदेखिएको बखत बनेको कांग्रेस एमालेको समिकरणले राजनितिक स्थायित्व दिनुपर्ने उहाँको भनाई छ ।
सोमबार देखि सन्धिखर्कमा सुरु हुने छैठौं अर्घाखाँची महोत्सवको समुद्घाटन गर्न गृह जिल्ला आउनुभएका सुदुरपश्चिम प्रदेश प्रमुख मियाले सञ्चारकर्मिसंगको संक्षिप्त भेटमा यस्तो बताउनुभएको हो ।
अहिलेको गठबन्धन आउदो निर्वाचन सम्म कायम रहनुपर्ने र ८४ साल सम्मै यहि समिकरण रहिरहने उहाँको दाबी समेत छ । संविधान संरक्षण र मुलुकको विकासलाई गति दिनु अहिलेको मुख्य आवश्यकता भएको भन्दै सुदुरपश्चिम प्रदेश प्रमुख मियाले संविधान संशोधनको बिषयमा हल्ला बढि भएको बताउनुभएको छ ।
संसविधान अकाट्य दस्तावेज नभएको ब्रिफिङ्ग गर्दै उहाँले संविधान कार्यान्वयनको सन्दर्भमा आउने अप्ठ्यारोलाई हटाउन संशोधन गर्नु स्वभाविक भएकोले ठुलो बहसको बिषय बनाउनु नपर्ने धारणा व्यक्त गर्नुभएको छ ।