अर्घाखाँची: भुमिकास्थान ढिकुरामा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा अन्तर्कृया कार्यक्रम सम्पन्न। (तस्बिर सहित) 

 

-अनिल नेपाली,भुमिकास्थान अर्घाखाँची।

भुमिकास्थान – अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा न ९ ढिकुरामा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस अन्तरत्रिया कार्यक्रम गरि मनाइएको छ।

May be an image of 4 people and text

स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता “कृषि आनुवंशिक विविधताको पहिचान र उपयोगका लागि डाटाबेस कार्यक्रम २०७९ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधिता दिवस मनाउने निर्णय गरेको थियो।

May be an image of 4 people

माघ १ गतेदेखि ७ गतेसम्म साताव्यापी रूपमा यो दिवस मनाउने निर्णय भएको थियो। साेहिअनुसार आज अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिकामा उत्त कार्यक्रम मनाईएकाे हाे

May be an image of 7 people

कार्यक्रम लुम्बिनी प्रदेशका सभासद रामजी प्रसाद घिमिरेले काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा मन्तब्य राख्दै घिमिरेले जैविक विविधताको संरक्षण गर्न जरुरी रहेको बताए।

May be an image of 5 people

उनले सबैले एकजुट भएर जैविक विविधताको संरक्षण गर्नमा अगाडि बढ्नुपर्ने बताउदै जैविक विविधता संरक्षणमा तीन वटै तहको सरकारको भूमिका रहेको उनको भनाइ थियो।

May be an image of 8 people and text

उनले जैविक विविधतामा नेपाल धनी देश भएपनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतामा ह्रास आइरहेको बताए।

May be an image of 7 people, people studying and text

कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले गाउँघरमा आधुनिकता काे नाममा हाईबिड उन्नत जात देखा परेको बताउदै जमिन बाँझो रहँदै गएको र उत्पादन घट्दै गएको बताए।

May be an image of 6 people

नागरिकहरूले परम्परागत खानेकुरा खान छाडेको उल्लेख गर्दै उनले विषादीतन्य तरकारी खाइरहेको बताए।

May be an image of 10 people, people smiling and people studying

उनले रैथाने जातका बालीनालीको संरक्षण गर्नुपर्ने बताउदै नगरपालिकाले गाउँमा रहेका बाझा जमिन नगरपालिकाले भाडामा लिएर बीउ बचाउन व्यबसायीकता बनाउन नगरपालिका निरन्तर लागेको बताए

May be an image of 6 people

कार्यक्रममा नेपाल कृषि आनुबाशिक श्राेत केन्द्र राष्ट्रिय जिन बैक ( नार्क) प्रमुख डा बालकृष्ण जाेसिले अनुबाशिक श्राेत सहित कार्यक्रममा परम्परागत बालीकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।

May be an image of 7 people, people studying and text

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बुद्विराज घिमिरे कीट विज्ञ विकास भुसाल कृषक राम प्रसाद भुसाल माेति भट्टराई पुर्व वडा अध्यक्ष नारायण खनाल , समाजसेवी तथा राजनीतिज्ञ प्रेमनारायण गैरे ,भुमिकास्थान नगरपालिका कुषि शाखा प्रमुख राम ब थापा पत्रकार महासघका लुम्बिनी प्रदेश सदस्य हिम लेकाली ओैषधी तथा विषादी व्यबसायी सघका लुम्बिनी प्रदेश अध्यक्ष युवराज पाैडेल लगायतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियोे ।

May be an image of 8 people and text

कार्यक्रममा वडा न ९ का अध्यक्ष खेमराज चुदालीकाे अध्यक्षता बाली प्रजनन विज्ञ डा मुकुन्द भट्टराईकाे सञ्चालन धर्मराज पाैडेलकाे स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

May be an image of 8 people

कार्यक्रममा रैथाने बाली सरक्षण अगुवा कृषक जनप्रतिनिधि लगायतकाे सहभागीता रहेको थियाे ।

May be an image of 10 people

याे कार्यक्रम काठमाडौं जिल्ला भन्दा पहिला पटक सस्थाकाे अगुवाइमा अर्घाखाँचीमा गरिएको हाे । कार्यक्रम माघ १. बाली जैविक विविधता : १५०६ प्रजाति माघ २. जलिय कृषि जैविक विविधता : २६७ प्रजाति
माघ ३. पशुपन्क्षि जैविक विविधता :३५ प्रजाति
माघ ४. घाँसे बाली जैविक विविधता : ५१० प्रजाति
माघ ५. कृषि-किरा जैविक विविधता : ३५०० प्रजाति
माघ ६. कृषि-शुक्ष्म जीवाणु जैविक विविधताः ८०० प्र.
माघ ७. परम्परागत ज्ञान र परिकार लगायतका कार्यक्रम गरि मनाईने आयोजक सस्थाका कीट विज्ञ विकास भुसालले बताउनुभएको छ