खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन ,
अर्घाखाँची डटकम् ।
२०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे, डासिराम श्रेष्ठ, मदन श्रेष्ठ र रविन परियार रहेका छन्
घटना भएको २ महिना १२ दिन भन्दा बढी समयपछी प्रहरी हिरासतमा रहेका छन् ,उक्त घटना कार्तिक १९ गते भूमिकास्थान नगरपालिका– ५ र ६ को सीमाना खिल्जीको उदयठाँटीमा देउसीभैलो खेलिरहेका कलाकारहरु माथि ना ३ ख २४७१ नम्बरको बस अनियन्त्रित भई बसले ठक्कर दिदा ७२ वर्षीय रुनी खनाल र २२ वर्षीय तारा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो भने ३७ घाइते जना घाईते भएका थिए सोही घाईतेहरु मध्यका एक हुन अहिले प्रहरी हिरासतमा भएका प्रकाश बेल्वासे ( प्रकाश दाई ) अरु कैयौ मान्छेहरु भागेर ज्यान बचाएका थिए । दुर्घटनापछि बसका चालक हाम फालेर भागेका थिए, घटना पछी आक्रोशीत भिडले दोषि चालक माथि शक्त कार्वाहि हुनुपर्ने माग राखेका थिए ! प्रहरीले समयमै चालक लाई कार्वाही गर्न ढिला शुस्ति गरेपछी उक्त घटनाक्रम बढदै आन्दोलनकै रुपमा जिल्ला प्रशाशन कार्यलय घेराउ साथै कार्यलयअगाडी धर्ना दिन सम्म पिडित र स्थानिएहरु बाध्य भएका थिए , उक्त आन्दोलनमा भु.न.पा झबिलाल थापा सहित सिङ्गो गाँउनै उक्त आन्दोलनमा सहभागि भएको थियो , आन्दोलनका क्रममा आक्रोशित भिडमा घाइते , पिडित र मृतकका परिबारहरुले चर्को भाषण , नाराबाजि गर्नु स्वभाबिक नै थियो सो समयमा नेपाल प्रहरीबाट सुरक्षा चुनौति भएता पनि पुर्व तयारी नहुदा आक्रोशित भिडले अराजक मोड लिएको देखिन्थो , आक्रोशीत भिडमा केहि भिड कार्यलय भित्रै प्रबेश गरेको थियो , घटना भएको २ महिना पछि प्रहरीले नियन्त्रणमा लिदा पिडितहरु पुन आकोशीत
देखिन्छन् , पिडित लाई न्यान दिनुको सट्टा पिडित लाई नै नियन्त्रणमा लिदा अहिले सामाजिक संजालमा बिरोध भईरहेको छ । स्थानीयहरुले न्यायका लागि गरेको आन्दाेलनलाई अराजक र शान्ति विरोधी भन्नु गलत रहेको केही ब्यक्तिहरुको ठहर छ ,अहिले प्रहरी नियन्त्रण मा रहेका मध्य प्रकाश दाइ अन्याय , अत्याचार ब्यथति ,र भ्रटचार बिरुद्ध सशक्त कलम चलाउने लेखक पनि हुन , तसर्थ यस प्रकरणमा कुनै अदृश्य शक्कि को हात त छैन भन्ने शंका पनि आम जनमानसले गरिरहेका छन ।