कसरी बन्दैन तपाईं जन्मेको गाउँ ? अब खाचो वेल म्यानेजमेन्टको : “अधिकार मात्र खोजेर हुँदैन सगै कर्तव्य पनि नभुलौ”, “समृद्धिका लागि सबै एक भएर लागौ” ।
-अभिमन्यु पोख्रेल ।
पाणिनी -८ अर्घाखाँची – अधिकार मात्र खोजेर हुँदैन सगै कर्तव्य पनि नभुलौ, जन्मभुमि अर्थात् स्थानीय पालिका समृद्धिका लागि सबै एक भएर बिकास र समृद्धिको अभियानमा अगाडि बढ्न जरुरी छ । राज्य अर्थात सार्बजनिक रुपमा पदधारण गरेका जनप्रतिनिधिबाट खासै काम नभएको आम नागरिकको गुनासो बढिरहेको छ ।
केहि कानुनी झमेलाका कारण पनि नागरिकले सुशासनको अनुभुती गर्न पाएनन् । नितिगत तथा कानुन र ब्यवधानको वारेमा नत नेतृत्वले बुझाउन सके न त नागरिकले बुझे । अब स्थाननिय पालिका माथी उठाउन कस्तो रणनिती बनाउनु पर्छ ? जिज्ञासा,कहुतुहलका बावजुद कुनै न कुनै उपाय निकालि अगाडी बढ्नु बाहेकको अर्को अन्य कुन उपाए नै छैन् ।
छिमेकी देशहरुले बिकासमा धेरै अगाडी बढीसके तर हामी अझै धेरै पछाडि छौं । छिमेकीहरु कसरी अगाडि बढेका छन ? अब राज्य संचालन गर्ने तिनै तहका जनप्रतिनिधिहरु कमसेकम उनिहरुवाट के सिक्न जरुरी छ तर त्यतातर्फ कम ध्यान गएको छ ।
निर्वाचनमा जनतालाई वचन दिएका कुराको ख्याल सम्म राख्न सके कुनै न कुनै उपाए वाट केही न केही काम अगाडी बढ्न सक्ने थियो होला । त्यसको मुताविक वहुमत र अल्पमतको बहाना बनाएको सूनिन्छ । स्थानीय पालिका बिकासमा आफ्ना स्रोतसाधनको उच्चतम प्रयोग गरि दृर्घकालिन सम्म आर्थिक बिकास र स्वरोजगारका कार्यक्रम अगाडी बढाउनु पर्ने थियो तर त्यस्तो भएन । जनतामा आसा र बिश्वास हुनु पर्थ्यो तर दुई कार्यकाल हुदा पनि त्यस्तो देखिदैन ।
कसरी बन्दैन तपाईं जन्मेको गाउँ ? अब खाचो वेल म्यानेजमेन्टको : “अधिकार मात्र खोजेर हुँदैन सगै कर्तव्य पनि नभुलौ”, “समृद्धिका लागि सबै एक भएर लागौ” ।
पहिलो कार्यकालको बिकास मेडेलको निरंतरता दोस्रो कार्यकालमा देखियो, यसको असर आम जनतामा बेरोजगारी परनिर्भर र वसाइसराइ बाहेक अरुमा सकारात्मकतामा केही देखिएन । बाटोको नयाँ ट्रायक खोल्ने पुराना कच्ची बाटोहरु सोर्नेलाई बिकास मान्दा अझ झन झन बिकाराल परिस्थिति बन्दै छ । गाउँको बसाइँसराइ बजार केन्द्रीत तिब्र गतिमा छ । युबा युवती सबैजसो बिदेशीन बाध्य छन् ।
युवा जनशक्ति बिदेसिदा सिङो मुलुकलाइ रेमिटेन्स त आउला तर सामाजिक रुपमा ठूलो बेथिति बढ्दो छ । जसको उदाहरण अदालतमा दैनिक रुपमा देखिने सम्बन्ध बिचछेद हुनु र कौयौ परिवारको अवस्था बिचल्ली भएको छ ।
बिवाह पछि लामो समय श्रीमान श्रीमती बेछोड हुदा पारिवारिक वेमेल झगडा र पाराचुके सम्म पुगेका उदाहरण यत्रतत्र देखिन्छन सुनिन्छन यसलाई आम नेतृत्वले कहिले बुझ्ने ? भौतिक बिकासका नाममा आफ्नै लोडर डोजर र मेसिनको परिचालन स्थानीय नेतृत्वले कुनै न कुनै माध्यमबाट आफै गर्नाले क्षणिक फाइदा र चुनाबि खर्च त उठ्ला आम जनतामा यसले केही पनि फाइदा गर्ने छैन ।
स्थानीय र आम जनताको घर घरमा खुसी ल्याउने , बसाइँसराइ रोक्ने , बिदेशीन रोक्ने एउटा उपाय भनेकै आय आर्जन हो । यसमा कसले ध्यान दिने । उत्पादन केन्द्रित योजना कहि कतै बनेको त देखिन्छ तर उत्पादनको वजारिकरण कसले गर्ने ? पालिकाको नीति नियमले खरिद बिक्री गर्न नदिने अन्य मेकानिजम डेभलप नहुनाले आज गाउको उत्पादन छैन किनकी केही गरौ भन्ने कृषकले बिक्रि नहुदा कसरी उत्पादनमा लाग्ने प्रेरणा पाउन । जुनसुकै ब्यक्तिले चुनावी नारा उत्पादनको बजारीकरण गर्छु भने पनि नितिगत र कानुनी कारण गर्न सक्दैन तेसैले राजनीति र व्यक्तिवाद भन्दा माथी उठेर हामी सबैले केही न केही योगदान दिउ जसले सिङो पालिकाको मुहार फेर्ने छ ।
त्यसका लागी पालिका स्तरिय बहुउद्देश्यीय कृषि सहकारी खोलौ ! उत्पादनलाई बजारीकरण तेहि सहकारी आफैले गर्नेछ । जसमा स्वम कृसको पनि लागानी हुनेछ , यसमा सहकारीले आवस्यक बीउ बिजन प्रबिधी बेच्नेछ र कृसकको उत्पादन किन्नेछ ! कृषकलाइ आवश्यक लगानी सहुलियत कर्जा प्रधान गर्नेछ तब आयआर्जन हरेको बढ्ने छ ।
युवा युवती बिदेसिनबाट रोकिने छन, तब गाउँ रमाइलो हुनेछ , हामी सहर पसेका केही कमाएका र गाउमा केही भएन भन्नेले साच्चिकै गाउको माया गर्छौ भन्ने “क” वर्गका बैंकमा जम्मा गरेका लाखौं रुपैया मध्य एक लाख रुपौया सहकारीको सेयर धनी भएर ६ प्रतिसत ब्याज पाउने गरि गाउलाइ उत्पादनमुखी बनाइ ताजा र अर्गानिक खाद्य वस्तु आफ्नै सहरमा आफ्नै गाउको खाने छौ अनि कसरी बन्दैन तपाईं जन्मेको गाउँ ? अब खाचो वेल म्यानेजमेन्टको हो ।
उत्पादन र उचित बजारीकरणको ब्यवस्थापनले न त गाउको बिकास रोक्ने छ न त बसाइ सराइ बढ्ने छ यहाँ त केवल हरेक नागरिकको थोरै थोरै ब्यक्तिगत सामाजिक दायित्वको खाचो मात्रै छ । त्यसैले हरेक ब्यक्तिले आफ्नो सानो प्रयास मात्रै गरौ, खन्डन ब्याख्या जवाफ सबाल र असम्भव भन्दा पनि सक्ने गरौं हात धोयर बिरोध नगरौ ।
-अभिमन्यु पोख्रेल
पाणिनी -८ अर्घाखाँची