अर्घाखाँचीका ८ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर बनाउने (एचपिभी) भाइरस विरुद्धको खोप लगाइने (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची।

माघ–८, अर्घाखाँची। अर्घाखाँचीका ८ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलो भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ ।

May be an image of 1 person, dais and text

मंगलबार सन्धिखर्कमा सम्पन्न जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखिकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले अर्घाखाँचीका ८ हजार १ सय ६० किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने एचपिभी विरुद्धको खोप लगाइने जानकारी दिनुभयो ।

सरकारले अभियानकै रुपमा संचालन गर्न थालेको यो खोप कार्यक्रम अर्घाखाँचीमा पनि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा ७ हजार ८ सय ५१ जना र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ३ सय ९ जना गरि ८ हजार १ सय ६० जना किशोरी लक्षित गर्दै एचपिभी विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यक्रम संयोजक विजय वि.क.को भनाई छ ।

May be an image of 1 person, studying and text

कार्यक्रम संयोजक वि.क.का अनुसार अर्घाखाँचीका ६१ वडाका स्वास्थ्य संस्था र विद्यालयबाट खोप प्रदान गर्ने योजना रहेको छ ।

May be an image of 3 people, people studying and text

यो खोप सरकारले अगामी आर्थिक वर्षदेखि राष्ट्रिय खोप कार्यक्रम मार्फत् निःशुल्क रुपमा प्रदान गर्ने पनि कार्यक्रममा जानकारी गराइएको छ ।

May be an image of 12 people, people studying and table

माघ २२ गते विश्व क्यान्सर दिवस समेत परेकोले सोहि दिनदेखि सरकारले अभियान चलाउन थालेको हो ।

May be an image of 3 people and text

विश्व स्वास्थ्य संठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधी व्यवस्था विभागले समेत स्वीकृत भएकाले खोप सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्यकर्मिहरुको दाबी छ । एचपिभी खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने पेट दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने जस्ता प्रतिकुल असर देखिएपनि केहि समयपछि यस प्रकारका असर आफै ठिक हुँदै जाने हुँदा नआत्तिन पनि स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेलको अनुरोध छ  ।

May be an image of 7 people

स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार अहिले एचपिभी खोप १ सय ४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरेर किशोरीलाई दिँदै आइएको छ । यसको प्रभावकारिता शतप्रतिशत सम्म रहेको विभिन्न अध्ययनले देखाइसकेकोले ढुक्कसँग खोप लगाउन जिल्ला स्तरिय खोप समन्वय समितिका संयोजक जीवनारायण कोइरालाको आग्रह रहेको छ ।

May be an image of map, the Western Wall and text

रोग लागेपछि दुः ख मात्रै हैन अकालमा ज्यान गुमाउने अवस्था आउनुभन्दा खोप लगाएर सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको सुझाव रहेको छ । यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणी भुसालले खोप अभियानलाई सफल पार्न मिडियाको क्षेत्रबाट सकरात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एचपिभी एक प्रकारको भाइरस हो । एचपिभीको २ सय भन्दा बढी किसिमका प्रजाति हुन्छन् र यस मध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुने स्वास्थ्यकर्मिहरुको भनाई छ ।

May be an image of studying and text

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको प्रमुख कारण हो । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने अध्ययनले देखाएको छ ।

 

 अन्य समाचारहरु