– अमित न्योपाने
तिमी किसान हौ तिमी बजार हातका पाखुरा
थकान भरिएता पनि कहिले बेसी अनि टाकुरा
कानुन अनि सरकारसँग के गर्ने अपेक्षा गरु खै
बिखमा बिखै राम्रो बोटमा आउँछ राम्रो आँकुरा
जाहान परिवार , गासको लागि दुःख सङ्घर्ष
लागत २० अनि आय १० हुरी पानी मनमा बज्र
गर्न पनि कति सकेको कृषिमा अति नै भो भ्रष्टाचार
नेताको जयभुडी अनि जनतालाई भोको पेटको मार
लेखक – अमित न्योपाने