एच.पि.भि अभियानमा भूमिकास्थानः १ हजार २ सय ७३ जना किशोरीलाई खोप दिने तयारी (तस्बिर सहित)

 

गोपाल प्रसाद भट्टराई

माघ–०९,अर्घाखाँची

अर्घाखाँची – यहि माघ २२ गतेदेखि फाल्गुन ६ गतेसम्म सरकारले संचालन गर्न लागेको एच.पि.भि खोप अभियानलाई सफल पार्न अर्घाखाँचीको भूमिकास्थानले पनि तयारी सुरु गरेको छ । जस अनुसार भूमिकास्थानले बुधबार एच.पि.भि खोप अभियान २०८१ सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

भूमिकास्थानको स्वास्थ्य शाखाको आयोजनामा भूमिकास्थानका १० वटै वडामा रहेका स्वास्थ्यचौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मि लक्षित एक दिने अभिमुखीकरण कार्यक्रम भूमिकास्थान–८, पोखेडाँडामा सम्पन्न भएको हो ।

May be an image of 4 people, people studying and text

भूमिकास्थानका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको सो कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले पनि सम्बोधन गर्नुभएको थियो ।

May be an image of 5 people and dais

कार्यक्रममा बोल्दै उहाँहरुले खोप अभियान किशोरीहरुको लागि निकै प्रभावकारी रहेको र सरकारको ठुलो लगानीमा संचालन हुन लागेको भन्दै अभियान सफल पार्न सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of 11 people and hospital

अभियान सफल पार्न भूमिकास्थानको पूर्ण साथ र सहयोग रहने बताउँदै उहाँहरुले खोप अभियानमा प्रत्यक्ष जोडिने स्वास्थ्यकर्मिहरुलाई पूर्ण जिम्मेवारिका साथ फिल्डमा खट्न आग्रह समेत गर्नुभएको छ ।

May be an image of 4 people, hospital, dais and text

अभिमुखिकरण कार्यक्रममा भूमिकास्थानका १० वटै वडामा रहेका स्वास्थ्यचौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रबाट २० जना स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो ।

May be an image of 11 people, hospital and text

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका कोल्डचेन सुपरभाइजर सुदनराज गौतम, जनस्वास्थ्य निरिक्षक यमुना मरासिनी, भूमिकास्थानका स्वास्थ्यशाखा प्रमुख सुरेश गैर र पब्लिक हेल्थ नर्स विन्दु खनाल पन्थीले सहजीकरण गर्नुभएको थियो । अर्घाखाँचीभर ८ हजार १ सय ६० किशोरीलाई खोप दिने लक्ष्य राखिएकोमा भूमिकास्थानमा १ हजार २ सय ७३ जना किशोरीलाई एच.पि.भि. खोप दिइने नगरपालिकाले जनाएको छ ।

May be an image of 12 people and text

२२ वटा विद्यालय र १० वटा स्वास्थ्य संस्था गरि ३२ वटा खोपकेन्द्र मार्फत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ हजार २ सय ५७ जना र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष सम्मका १६ जना गरि जम्मा १ हजार २ सय ७३ जना किशोरीलाई यो खोप प्रदान गरिने भूमिकास्थानका स्वास्थ्य शाखा प्रमुख शुरेस गैरेले जानकारी दिनुभएको छ ।

May be an image of 4 people, people studying, dais and text

पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एच.पि.भी. खोप विश्व क्यान्सर बिरुद्धको दिवसको अवसर पारेर माघ २२ गतेदेखि देशैभर एकसाथ संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कोल्डचेन सुपरभाइजर सुदनराज गौतमको भनाई छ ।

May be an image of 1 person, dais and text

खोप अभियानलाई सफल पार्न अहिले स्वास्थ्य कार्यालय अर्घाखाँचीले प्रचार–प्रसार र अन्य तयारीलाई समेत तिव्रता दिएको छ ।

थप तस्बिर :

May be an image of 5 people and dais

May be an image of 4 people, hospital, dais and text

May be an image of 3 people, speaker, hospital and text