नेपाल टेलिकम अर्घाखाँचीले वितरण गर्‍यो निःशुल्क ५०० सिम कार्ड

 

 

नविन वि.क अर्घाखाँची ।

अर्घाखाँची – नेपाल टेलिकम अर्घाखाँचीले निःशुल्क रुपमा ५०० जि.एस.एम.प्रि.पेड. सिम कार्ड वितरण गरेको छ । अर्घाखाँचीको सन्धिखर्कमा जारी छैठौं अर्घाखाँची महोत्सवमा नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गरेको हो । माघ ३ गतेदेखि १० गतेसम्म महोत्सवमा स्टलै राखेर टेलिकमले सिमकार्ड वितरण गरेको नेपाल टेलिकम अर्घाखाँचीले जनाएको छ ।

महोत्सवको आर्कषण बढाउन, दर्शक र आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न एन.टि.सीले डाटा, भ्वाइस, र एसएमएस भएको रु. ९० पर्ने सिम कार्ड निःशुल्क वितरण गरेको नेपाल टेलिकम अर्घाखाँचीका कर्मचारी धर्मेन्द्र विश्वकर्माले बताए ।

उनका अनुसार निःशुल्क सिम कार्ड वितरणबाट महोत्सवमा आउने गुल्मी, प्यूठान, पाल्पा र अर्घाखाँचीका सबै स्थानका मानिसहरु लाभान्वित भएका थिए । “सिम कार्ड एक्टिभ गर्न स्टार १४१४ ह्याज डायल गर्नुपर्नेछ,” उनले भने “सिम कार्ड एक महिना भित्र आफ्नो नाममा हुन्छ ।”

सिम कार्ड नेपाल टेलिकम लेखा कार्यालय पाल्पाका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर राकेश पाण्डेको विषेश पहल, अर्घाखाँची कार्यालय प्रमुख वृषभध्वज कुमार उपाध्यायको सहयोग र कर्मचारी धर्मेन्द्र विश्वकर्माको वितरणमा सम्पन्न भएको थियो ।