केशबराज ज्ञवाली , अर्घाखाँची डट्कम।
अर्घाखाँची – गायक , मोडेल तथा सर्जक दुर्गेश थापाले अर्घाखाँची महोत्सवमा दर्शकहरुलाइ भरपुर मनोरन्जन दिएका छन ।
महोत्सवको अन्तिम दिन आज रहेको उनको प्रस्तुतिमा दर्शक दिर्घामा बसेक सबै जसो झुमेर , उफ्रिएर मनोरंजन लिइरहेका देखिन्थे ।
मेला संचालन भए देखिकै सबै भन्दा बढी दर्शक उपस्थित रहेको आजको दिनमा कलाकार थापाले आफ्ना चर्चित गित संगै बेलाबेलामा गरेका र्याप प्रस्तुतिले दर्शकहरूलाइ थप मनोरंजन प्रदान गराएका हुन ।
आफ्ना प्रस्तुतिका क्रममा उनले दुश्मन हेरेको हेर्यै , बिचबिचमा , हामी घमन्डी , कि दुर्गे रेलमा कि दुर्गे जेलमा , जस्ता बहुचर्चित गितहरुले दर्शकहरुलाइ नचाएका थिए ।
कलाकार थापा आफै शब्द लेख्ने , संगित संयोजन गर्ने , मोडलिङ्ग गर्ने , गाउने देखि सम्पुर्ण कार्य गर्ने क्षमता राख्दछन ।
उनी आफ्नो तेहि क्षमताका कारण संगित उधोगमा जतिसुकै कठिनाइ आए पनि निरन्तर टिकिरहेका छन ।
कलाकार थापाले अर्घाखाँचीको सुपा देउराली मन्दिरको क्षमताको बयान गर्दै आफुहरुलाइ एत्तिका धेरै दर्शकको साथ पाउनुमा सुपा देउरालिको आशिर्वाद भएको बिश्वास गरेका पनि छन ।
उनले सुपा देउराली माताले चाहेको पुर्याइदिने सुनेको आज सावित भएको भनी सुपा देउराली मन्दिर परिसरमा निर्माण हुँदै गरेका संरचनाको लागि रु ५ हजार मन्दिर समितिका कर्मचारी सुनिल क्षेत्री मार्फत ब्यवस्थापन समितिलाइ हस्तान्तरण पनि गरेका छन ।
कलाकार थापाको अर्घाखाँचीमा यो पहिलो प्रस्तुति पनि भएको र पहिलो प्रस्तुतिमा यति धेरै दर्शकको माया पाएको भनी दर्शकलाइ धन्यवाद पनि थापाले दिएका छन ।
थप तस्बिर :