राष्ट्रिय जनमोर्चाका जेष्ठ सदस्य कृष्णा खनालको ७० बर्षमा निधनः पार्टीले गर्यो शोकसभा (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई ,

माघ–१३,अर्घाखाँची।

अर्घाखाँचीराष्ट्रिय जनमोर्चा ढाकावाङ्गका जेष्ठ सदस्य कृष्णा खनालको निधन भएको ७ औं दिनमा उहाँकै निवासमा शोकसभा गरि कृष्णा खनाललाई श्रद्धाञ्जली दिइएको छ । राष्ट्रिय जनमोर्चा, भूमिकास्थान नगरसमितिको आयोजनामा शनिबार शोक सभा सम्पन्न भएको हो ।

May be an image of 8 people and temple

खनालको माघ ६ गते ७० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., केन्द्रिय सदस्यद्धोय झविलाल थापा, सागर के.सी. र भूमिकास्थान नगर समिति अध्यक्ष हिमलाल बन्जाडेले  शोक मन्तव्य राख्दै कृष्णा खनालको मृत्युले कम्युनिष्ट आन्दोलनमा लामबद्ध हुने योद्धा जन्माउने आमा गुमाउनुपरेको बताउनु भएको छ ।

May be an image of 8 people and temple

समाज परिवर्तन र देश विकासका निम्ती नेकपा मसालले अगाडि सारेका हरेक आन्दोलनलाई साथ र समर्थन गर्ने उहाँको भूमिका र लगावबाट आफुहरुलाई धेरै कुरा सिक्ने अवसर मिलेको नेताहरुको भनाई छ ।

May be an image of text

खनालको भौतिक शरिर नरहेपनि उहाँले बोकेको बिचार र कृष्णाको जिवनबाट पाएका प्रेरणा सधै जिवित रहने उहाँहरुले बताउनु भएको छ । कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेक बहादुर थापा, भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी लगायतले कृष्णा खनाललाई श्रदान्जली दिनुभएको थियो ।

May be an image of 11 people

शोकसभा स्वर्गिय कृष्णा खनालको जेठो छोरा रामप्रसाद खनालको अध्यक्षता र मेघराज खनालको संचालनमा  सम्पन्न भएको हो ।

May be an image of 9 people

स्वर्गिय खनालको श्रीमान तोयनारायण खनाल संगै राम प्रसाद, खिम प्रसाद र भोजराज खनाल गरि तिन छोरा हुनुहुन्छ ।