नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको अध्यक्षमा पशुपति खनाल निर्वाचित (तस्बिर सहित)

 

 

-गोपाल प्रसाद भट्टराई माघ–१३,अर्घाखाँची।

अर्घाखाँची –  नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको अध्यक्षमा पशुपति खनाल निर्वाचित हुनुभएको छ ।  नेकपा (एमाले) निकट कर्मचारी संगठन अर्घाखाँचीको शनिबार सन्धिखर्कमा सम्पन्न १२ औँ अधिवेशनले अध्यक्ष खनालको नेतृत्वमा सिंगो जिल्ला समिति नै सर्वसम्मत चयन गरेको हो ।

संगठनको नवगठित समितिको उपाध्यक्षमा द्वोय कमल वि.क. र माया क्षेत्री, सचिवमा रामु पौडेल, सह–सचिवमा अनिता बराल र कोषाध्यक्षमा बाबुराम थापा चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा नारायण न्यौपाने, बिष्णु प्रसाद पराजुली, सुदिप जि.सी., हरि पौडेल, लक्ष्मीनारायण चौधरी, शुनिल खनाल र रामचन्द्र चुंदाली रहनुभएको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा पशुपति खनाल, गणेश भण्डारी, हरी डुम्रे र माया पन्थीलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा पशुपति खनाल, विशाल महत, हरिश्चन्द्र पाण्डे, नारायण रायमाझी र कृष्ण प्रसाद पौडेल छनौट हुनुभएको बताइएको छ ।

यस्तै लेखापरीक्षण आयोगको संयोजकमा प्रेमनारायण खनाल चयन हुनुभयो भने सदस्यमा प्रेमचन्द्र वि.क. र हेमनाथ मरासिनी रहनुभएको छ । नयाँ गठन भएको कार्यसमितिले संगठनको हक, अधिकार र सुधार र संस्थागत विकासका लागि सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ ।

अधिवेशन उदघाटन कार्यक्रममा बोल्दै एमाले नेतृ तथा संघिय सांसद बिजुला रायमाझीले नागरिकको सेवालाई प्राथमिकतामा राखेर संगठनलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभएको छ ।