छैठौं अर्घाखाँची महोत्सव २०८१ समुद्घाटन देखि समापन सम्म के भयो ? ( पुरा विवरण / तस्बिर सहित )

 

-केशब राज ज्ञवाली , अर्घाखाँची डट्कम।

सन्धिखर्क, अर्घाखाँची।  सन्धिखर्कको कुडुंलेफांटमा पुष २९ गते देखि संचालनमा आएको छैठौं अर्घाखाँची कृषि ,पर्यटन एवं औधोगिक महोत्सव २०८१ माघ १२ गते समापन भएको छ । केही बिवाद र केही उत्साहका बिच सम्पन्न महोत्सवले करिव ४ करोड बढिको कारोवार गरेको आयोजकले जनाएको छ ।

May be an image of 9 people, crowd and text

बिगतका बर्षदेखी अर्घाखाँचीमा महोत्सवलाई बिवादमा पारिदै जाने क्रम बड्दो छ । यद्यपि विभिन्न बिवाद र अवरोहका बिच सम्पन्न उक्त महोत्सवको आयोजना उधोग वाणिज्य संघ अर्घाखाँचीले गरेको थियो ।

May be an image of 3 people and crowd

महोत्सवको चर्चाका बिच जिल्लामा रहेका ब्यापारिक संघ संस्थाहरु ब्यापार संघ, चेम्बर अफ कमर्श लगायतका चार वटा संघले त पत्रकार सम्मेलन गरेर महोत्सवको बिरोधै गरेता पनि व्यापार संघ बाहेक अन्य संघ सस्थांहरु पछि सहमतिमा आए ।

१३ दिने महोत्सवमा प्रशंसा गर्नलायक कुरा मुख्यतया के के भयो ?

*उद्घाटनमा देखिएको धार्मिक सद्भावनाको उदाहरण *

पुष २९ गतेको उद्घाटन समारोहको लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बोलाइएको र आचार्यले पनि आउने बाचा दिएका थिए तर अन्तिम चरणमा मुख्यमन्त्री आचार्यले विभिन्न कारण देखाइ सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियालाइ अगाडि सारिदिएर बोलाउन आयोजकलाइ अनुरोध गरेको बताइएको छ ।

May be an image of 1 person, crowd and text

महोत्सवको केही बिवाद देखेर आफू बच्न र भविश्यमा आफ्नो राजनीतिक यात्रा पुर्णतया सुरक्षित गर्न उनले एसो गरेको केही जानकारहरु बताउछन । यद्यपि मुख्यमन्त्री आचार्यले जे जस्तो सोचेर वा समय परिस्थितिले उद्घाटन समारोहमा नजिर मियालाइ अगाडि सारि दिदा प्रशंसा गर्न लायक धार्मिक सद्भावना देखिएको थियो ।

May be an image of 2 people, speaker and text

पानसमा बत्ति बालेर गरिएको उद्घाटन समारोहमा मुस्लिम समुदायका अथितिले दियो समातेर पानसको बत्ती बाल्दै र हिन्दु बटुकहरुले सोस्ती वाचन गरेको दृश्यले अर्घाखाँचीमा रहेको धार्मिक सद्भावनामा शंका गर्नेहरुलाइ गतिलो जवाफ दिएको थियो ।

May be an image of 2 people and speaker

*स्थानिय उत्पादनलाइ प्राथमिकता *

१३ दिन सम्म चलेको महोत्सवमा जिल्लाका स्थानिय उधोग , कृषि उत्पादन , हस्तकला , रैथाने उत्पादन लगायतकालाइ निशुल्क स्टल उपलब्ध गराइनु प्रशंसा गर्न लायक

May be an image of 5 people, crowd and text

रहयो । माथी उल्लेख गरिएकाहरुलाइ ५० वटा स्टल निशुल्क उपल्ब्ध गराइएकोमा स्टल लिनेहरुले स्थानिय उत्पादनहरु तरकारी , फलफुल , दुग्ध जन्य पदार्थ सहित स्थानिय उत्पादनहरु कोदोको पिठो , फापर , भटमास लगायतका बस्तुहरुको बिक्री बितरण गरेका थिए ।

*प्राथमिक उपचार , सिम कार्ड खरिद , सुरक्षा हेल्प डेस्क सेवा *

महोत्सवका क्रममा हुन सक्ने घटनालाइ मध्यनजर गर्दै महोत्सव स्थलमा निशुल्क प्राथमिक उपचार कक्ष , सिम कार्ड खरिद ब्यबस्था , प्रहरी हेल्प डेस्क लगायतका सेवाहरुको आगन्तुकहरुले भरपुर उपभोग गरेका थिए ।

May be an image of 1 person, fog and crowd

*भरपुर सांगीतिक मनोरंजन *

महोत्सव अवधिभर दर्शकहरुले राष्ट्रिय र स्थानिय कलाकारहरुको प्रस्तुतिमा मनोरंजन लिए । राष्ट्रिय स्तरका कलाकारहरु दुर्गेश थापा , रचना रिमाल , बद्री पंगेनी , शान्तिरानी परियार , एलिना चौहान , पशुपति शर्मा , श्याम राना , रमेशराज भट्टराई , कुलेन्द्र बिश्वकर्मा लगायतका कलाकार सहित अर्घाखाँचीमा जन्मिएर राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल र भर्खरै कला निखार्दै गरेकाहरुलाइ पनि स्थान दिएर दर्शकहरुलाइ मनोरंजन दिलाइएको थियो ।

May be an image of 1 person

महोत्सवमा स्थानिय नव प्रतिभाहरुलाइ मौका दिदै गरिएको अर्घाखाँची आइडल कार्यक्रममा पनि राम्रै सहभागिता देखियो ।

*के के भए कमजोरी *

*महोत्सवको बारेमा स्थानिय लाई अलमल *

महोत्सव सधै बिवादमा पारिदा हुने कि नहुने भन्ने बिशयमा स्थानिय अलमलमा पर्दा स्थानिय उत्पादनका लागि राखिएका निशुल्क स्टलहरु पनि खाली देखिनुले स्थानिय उत्पादनको कमि महशुश गराएको थियो ।

May be an image of 1 person, temple and crowd

अब आउने दिनहरुमा महोत्सव आयोजना गर्दा प्रयाप्त समय राखेर आयोजना गर्ने र स्थानिय उत्पादन र उधमिहरुको सहि तथ्यांक अनुरुपका स्टलहरु राखेर सकेसम्म खाली स्टल हरु महोत्सव स्थलमा नरहने अवस्था सृजना गर्न सके उत्तम हुने थियो ।

May be an image of one or more people and crowd

*स्टेज निर्माणमा पुरानै तरिका *

महोत्सव स्थलमा सांगीतिक प्रस्तुतिका लागि बनाइएको स्टेज यसपाली पनि साघुरो देखियो । स्टेज सानो भएका कारण पल शाह , दुर्गेश थापा लगायतका कलाकारहरुले खुलेर आफ्नो प्रस्तुतीकरण दिन नपाएको दर्शकहरूले महसुस गरेका छन । कलाकारहरुले स्पिकर माथी चढेर प्रस्तुती गरेको दृश्यले आयोजकको स्टेज निर्माणको कमजोरि प्रस्ट देखिएको थियो ।

May be an image of 1 person, crowd and text

*मिडिया जोनको सुनिश्चितता नभएको *

महोत्सवमा हुने विभिन्न सांगितिक र रचनात्मक कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण , समाचार संकलनको लागि खटिने संचारकर्मी र प्राबिधिकहरुलाइ सुरक्षित मिडिया जोनको ब्यबस्थापन नगरिनु पनि यसपालि आयोजकको कमजोरी बन्यो ।

May be an image of 6 people, temple, crowd and text

संचारकर्मिहरुलाइ आवस्यक टेबल सहितको निश्चित स्थानको ब्यबस्थापन नगरिदिदा समाचार संकलन र प्रत्यक्ष प्रसारणको क्रममा कलाकारका फ्यानहरुको हलचल बाट

May be an image of one or more people, speaker, crowd and fog

लाइभ गरिरहेका क्यामेरा , मोबाइलहरु हल्लिने , कलाकारहरु दर्शकसामु आउदा सुरक्षा गार्डबाटनै क्यामेराहरु सार्न लगाउने जस्ता कार्यहरुले प्रत्यक्ष प्रसारणको गुणस्तरीयतामा बेलाबेलामा कमजोरी आएको थियो ।

May be an image of one or more people and crowd

यसरी आएको समस्या समाधान गर्न अवका दिनमा हुने यस्ता कार्यक्रममा निश्चित सुबिधायुक्त मिडिया जोनको ब्यबस्थापन गर्नुपर्ने देखिन्छ ।

उचित स्थानमा बिवाद

महोत्सव लगाउने स्थान उचित नभएको पनि आवाज उठेको छ । दुवै तर्फ स्कुल र बस्तिको बिचमा रहेको खेती योग्य स्थानमा महोत्सव लगाउनुको सट्टा आगामी दिनमा उचित स्थान छनोट गरेर मेला आयोजना गर्न पनि पत्रकार महासंघका अध्यक्ष गणेश खनालले सुझाव दिएका छन ।

May be an image of 3 people and crowd

सदरमुकामको बिचमा रहेको फाटलाई नमुनायोग्य कृषि उत्पादनमा जोड्न मद्दत गर्दै आगामी दिनमा हुने महोत्सवको स्थान छनोट गर्दा कृषि उत्पादनमा अवरोध नहुने गरि छनोट गर्न पनि आवस्यक देखिन्छ ।

May be an image of 13 people, speaker, crowd and text

*समग्रमा मेला सफल *

विभिन्न आरोह अवरोह र कमजोरीका बाबजुद अर्घाखाँची महोत्सव २०८१ सफल देखिएको छ । पचासौ हजार दर्शक र अवलोकनकर्ताको भव्य उपस्थितिनै मेला सफलताको सुचक हो । मेला अवधी भर कुनै अप्रिय घटना घटेनन । शान्ति सुरक्षाको लागि जिल्लाको सुरक्षा निकायले अथक मेहनत गरि उत्कृष्ट सुरक्षा प्रदान गर्नु आफैमा प्रशंसा योग्य छ ।

May be an image of 9 people and crowd

मेलामा अर्घाखाँची जिल्लाभर सहित छिमेकी जिल्ला प्युठान र गुल्मी बाटपनी मानिसहरु सहभागी भएर मनोरंजन सहित आवस्यक सामाग्रीहरु किनमेल गरे ।
देशमा ब्यप्त आर्थिक मन्दिको बेला पनि ४ करोड बढिको कारोवार भएको आयोजकले बताउनुले स्थानियहरुले महोत्सवको भरपुर सदुपयोग गरेको महशुश गर्न सकिन्छ ।

May be an image of 6 people, speaker and crowd

May be an image of 5 people and speaker

महोत्सवमा सहभागिहरुले सांगीतिक मनोरंजन सहित अधिकाशं लत्ताकपडा खरिद गरेको देखियो । सस्तो मुल्यमा लत्ताकपडा किन्न पाउँदा स्थानियहरु धेरै खुशी देखिए ।
भर्खरै सम्पन्न महोत्सवमा जे जसो भएको भएता पनि आगामी दिनहरुमा थप सुधार र परिस्कृत गर्दै गएमा उत्कृष्ट महोत्सव आयोजना गर्न उधोग वाणिज्य संघ अर्घाखाँची सफल हुने देख्न सकिन्छ ।

थप तस्बिर :

May be an image of 15 people, speaker and text

May be an image of 8 people, speaker and crowd

May be an image of 10 people and crowd

May be an image of 5 people, crowd and text

May be an image of 2 people, speaker and crowd

May be an image of 4 people, speaker and crowd

May be an image of 2 people, speaker, crowd and text

May be an image of 8 people, dais and text

May be an image of 2 people, dais, temple and text

May be an image of 5 people

May be an image of 2 people, temple, dais and text

May be an image of 1 person and crowd

May be an image of 6 people, flute and text

May be an image of 9 people and text

May be an image of 6 people and text

May be an image of 3 people, dais and text

May be an image of 2 people and text

May be an image of 5 people and text

May be an image of 3 people and text

May be an image of 7 people, dais and text

May be an image of 6 people, temple and crowd

May be an image of 3 people

May be an image of 5 people, flute, dais and text

May be an image of one or more people and crowd

May be an image of one or more people and crowd

May be an image of speaker, lighting and crowd

May be an image of violin, speaker and crowd

May be an image of 6 people, people smiling and text

May be an image of 5 people, people smiling and text

May be an image of one or more people, violin and crowd

May be an image of 8 people, flute, dais and text

May be an image of 12 people, crowd and text

May be an image of 4 people and text

May be an image of one or more people, people dancing and crowd

May be an image of 6 people and fog

May be an image of 12 people, crowd and text

May be an image of 5 people, speaker and crowd

May be an image of 9 people

May be an image of 10 people, flute and text

May be an image of one or more people, crowd, fog and text